लायन्स क्लव भक्तपुरको नयाँ नेतृत्व चयन


असार ३०, २०७८, बुधबार | विहान ०८:०८ बजे | 50


लायन्स क्लव भक्तपुरको नयाँ नेतृत्व चयन

विशेषतः स्वास्थ्य, शिक्षा र बातावरणीय क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय संस्था लायन्स क्लव अन्तर्गत लायन्स क्लव भक्तपुर दिव्यश्वरीमा सन् २०२१÷२०२२ का लागि नयाँ नेतृत्व चयन गरेको छ । 

विनोदप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित उक्त क्लवकाको नयाँ कार्यसमितिका सचिव विनु केसी, कोषाध्यक्ष सरोज राजवाहक, प्रथम उपाध्यक्ष रविन्द्य्रबहादुर श्रेष्ठ र दोस्रो उपाध्यक्ष लवभक्त माथेमा रहेका छन् । नवनिर्वाचित पदाधिकारीहरूले असार १७ गतेदेखि पदभार समेत गरेको जनाएको छ । 

यसैबीच सोही क्लवले असार २८ गते सोमबार मानव विद्यागृह मध्यपुर थिमिमा अध्ययनरत शारिरीक अशक्त विद्यार्थीहरूलाई शैक्षिक तथा स्वास्थ्य सामाग्रीहरू वितरण गरेको छ । क्लवका पूर्वअध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले दिनुभएको जानकारी अनुसार विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीहरूलाई व्याग, कपी, कलर, माक्स, साबुन, टुथब्रसलगायतका शैक्षिक तथा स्वास्थ्य सम्बन्धी सामाग्रीहरू वितरण गरेको थियो ।

सो अवसरमा लायन्स क्लव डिस्ट्रिक गर्भर ३२५ए२ का अध्यक्ष केशव पाण्डे, मानव विद्या गृहका सञ्चालक समितिका सदस्य एवं राष्ट्रिय सुस्तमनःस्थित कल्याण संस्थाका जिल्ला अध्यक्ष श्रीराम चक्रधरलगायतका व्यक्तिहरूले बोल्नु भएको थियो ।

Comments