देउवा आजै प्रधानमन्त्री, पहिलो चरणमा चार मन्त्री, कोको हुँंदैछन् मन्त्री ?


असार २९, २०७८, मङ्गलबार | विहान ०५:०९ बजे | 40


काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । सर्वोच्च अदालतको आदेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेकी हुन् । 
यसका लागि सबै तयारी पूूरा भएर देउवालाई शपथ ग्रहणका लागि खबर समेत गरिसकेको राष्ट्रपति कार्यालयले जनाएको छ । उता देउवाले काँग्रेस र माओवादीका २÷२ जना समेटेर आजै पहिलो चरणको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । तर को को मन्त्री हुने भन्ने टुंगो भने लागिसकेको छैन । बाँकी मन्त्रीहरु शक्ति सन्तुलन र समझदारीको आधारमा बनाइनेछ ।
राष्ट्रिय जनमोर्चो, एमालेको माधव समूह र राष्ट्रिय जनता पार्टीका उपेन्द्र यादव समूहले तत्कालै सरकारमा जान अस्वीकार गरेपछि देउवाले काँग्रेस र माओवादीका सांसदलाई मन्त्री बनाउन लागेका हुन् ।




Comments