महामारीजन्य रोगहरुको रोकथाम, नियन्त्रण र निगरानीकालागि सरोकारवालासँग अन्तक्रिया


असार २८, २०७८, सोमबार | दिउँसो १२:३७ बजे | 25


महामारीजन्य रोगहरुको रोकथाम, नियन्त्रण र निगरानीकालागि सरोकारवालासँग अन्तक्रिया

भक्तपुर । भक्तपुर स्वास्थ्य कार्यालयको आयोजनामा बिभिन्न महामारीजन्य रोगहरुको रोकथाम, नियन्त्रण र निगरानीका लागि सरोकारवाला सँग आज अन्तक्रिया गरेको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले कोभिडको दोस्रो लहर चलिरहेको अहीलेको अवस्थामा पनि जनताहरु अझै सचेत नभएको भन्दै दुःख व्यक्त गर्नु भयो । उहाँले कोभिडको पहिलो लहरमा नै जिरोमा झारेर मात्र लकडाउन खुकुलो गर्दै जानु पर्नै थियो । तर अहिले दोस्रो लहर भईसकेको र अव तेस्रो लहर पनि देख्न थालेकाले जनताहरु आफै सचेत हुनु पर्ने बताउनु भयो । उहाँले सरकारले मात्र सचेतना गराएर नपुग्ने र जनता आफै सचेत नभए सम्म कोभिड जिरोमा झार्न असम्भव भएको बताउँदै जनतालाई जनस्वास्थ्यको मापडण्द पालन गर्न पनि सुझाव दिनुभयो । कार्यक्रममा चार वटै नगरपालिकाका स्वास्थ्यसँग सम्वधित अहानुभवहरु, स्वास्थ्यकर्मीहरु र पत्रकारहरुले पनि अव जनता आफै सचेत नभए फेरी ठुलो महामारी हुनसक्ने भएकोले जनता आफै जनस्वास्थ्य मापडण्द पालना गरी सचेत हुनु पर्नेमा जोड दिएका छन् । 

Comments