महिलाले गरे हाकुफल्चाको सरसफाई
असार २६, २०७८, शनिबार | दिउँसो १२:३२ बजे | 30
नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगरपालिका वडा नं –१ एकाई समितिी र भक्तपुर नगरपालिका वडा नं १ वडा महिला समितिको संयुक्त आयोजनामा भक्तपुर नगरपालिका वडा नं १ स्थित ऐतिहासिक हनुमान फल्चास्थित ल्हो हिटी (ढुंगेधारा) को सरसफाई गरेको छ । सरसफाईमा टोलका दर्जनौ महिलाहरु खटेका थिए । साथै उनीहरुको सहयोगका लागि पुरुषहरु पनि जुटेका थिए । यसअघि त्यो धारा संरक्षणको पर्खाइमा रहेको भनी सामाजिक सञ्जाल फेसबुकमा छाएको थियो ।