कसैलाई............


असार १६, २०७७, मङ्गलबार | साँझ ०४:२७ बजे | 30


 लेखक ःकुमार लघु
मानिस गुणकारी वनौँ
कसैलाई नराम्रो नजर नलाऔँ
सकारात्मक दृष्टिले नयमा राखौं
शत्रु होस् मित्रु होस्
कसैको आफूले कसैलाई
सल्लाह र नमिलेको विषयमा
लेख्ने ,वोल्ने अधिकार छ
यो हुनु नि पर्छ ,भन नि पर्छ
जो कोही लेखक वा समालोचक
सवै आ आफ्नो ठाउँमा वस्न पर्छ
चाहिनेमा मात्र वोलौ लेखौँ
सल्लाहले ठिक ठाउँमा पुग्न सकोस्
आलोचनाले नमिलेको मिलाउन पाईछ
आत्मा आलोचनाले सुधारने अवसर
नेता वा लेखकलाई सोच्ने मौका आउँछ
लेखकले आफैले दृष्टीकोण राखेको हुन्छ
सुने, वोल्नेले, हेर्नेले र
वुझनेले आ आफ्नै
किसिमले चिन्तन गर्ने हो
लेखकले लेखेको र हेरेकोले
वुझ्ने आकाश र पातलेले फरक हुन्छ
आफ्नो सोच अनुसार लेखेन भनी
चिच्याउन पर्दैन्
जुन सुकैमा आ आफ्नो
विचार र दर्शन हुन्छ
आ आफ्नो इच्छा हो,
चिन्तन गर्ने शैली र क्षमता हुन्छ
सवैसंग वरावर हुन्दैन् हो
आफू कुन क्षेत्रको लागि हेर
लेखकले आफ्नोमा जीवन विताएको हुन्छ
कोही अगाडि र पछाडि परेको हुन्छ
कसैलाई चित्त वुझाउन सक्दैन्
नदिको दुई किनार फरक फरक छ
त मानिसको विचार र चिन्तन हुन्छ फरक
यो मिलेन त्यो मिलेन हुन्छ
अब यो गणतन्त्र त मिलेन
जनताको गणतन्त्र यस्तो होईन
यो त पूँजिवादी गणतन्त्र हो
त समाज झन धनी र गरिवको
खाडलमा उतार चढाव भएको छ
जनताको गणतन्त्र आउँन समय आउँने छ
अझै जनताहरू आ आफ्ना
 ठाउँवाट उठ्नु पर्छ
अगाडिको भन्दा धेरै रगत बग्ने छन्
गणतन्त्र फाल्ने समय नजिकिन्दै छ
समयको लेखाजोखा जनताले गर्नेछ
ढिलो चाँडो आउनेछ त्यो साँचिको
समयको दौरानमा आउँछ आउँछ ।
कसैले कसैलाई रोकेर रोकिन्दैन्
सत्य सत्य हुन्छ
क्रान्ती आज र भोलि
ठोकुवा साथ आउँछ ल
त्यो पर्खाईमा एकधिक्का
भएर वसौँ ।
२०७७÷३÷१६ गते
व्यासी –२, भक्तपुर  समय–३ स्वजे दिउँसो

Comments