मन्त्री श्रेष्ठद्वारा दीखु पुल उद्घाटन
असार २५, २०७८, शुक्रबार | दिउँसो ०३:०१ बजे | 25
कीर्तिपुर । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को आज (शुक्रबार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गर्नुभयो । वहाँकै उपस्थितिमा २०७६ पुष १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्त नेम्वाङ्गले शिलान्यास गर्नुभएको सो पुलको आज माननीय मन्त्री श्रेष्ठले रिबन काटी उद्घाटन गर्नुभएको हो ।
पुल उद्घाटन पश्चात भएको एक कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री श्रेष्ठले यस दीखु तां (पुल)को महत्वको बारेमा बताउनुहुँदै आफू भुमिगतकालमा पार्टीको काममा खट्दा काठमाडौंको
कार्यक्रमका सभापति तथा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले यस दीखु तां (पुल) ऐतिहासिक र भावनासँग जोडिएको उल्लेख गर्नुहुँदै कीर्तिपुर र तिनथानाको ऐतिहासिक सम्बन्ध रहेकोमा पुल बिग्रेको कारण भावनाहरू पनि टाढिरहेको बताउनुभयो । थुप्रै पटक यो पुल बनाउन लाग्दा पनि सफल हुन नसकेकोले नगरपालिकामा आफूहरू आइसकेपछि टेण्डर समेत गरे तापनि आन्तरिक कारणले त्यो पुल बनाउन नसकीरहेको अवस्थामा माननीय मन्त्रीद्वय कृष्ण गोपाल श्रेष्ठ र वसन्त नेम्वाङ्गको पहलमा र निर्माण व्यवसायीको लगनशीलतामा जिर्णअवस्थाको पुल पुनः निर्माण गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद् दिनुभयो । कीर्तिपुरको विकासका लागि सडल विभागले पनि महत्वपूर्ण सहयोग गरिरहेको उल्लेख गर्नुहुँदै नगर प्रमुख महर्जनले नेपाल सरकारको रातो कितावमा नभए तापनि कीर्तिपुरको विभिन्न सडकहरू बनाउनको लागि सहयोग गरिरहेकोले सडक विभागलाई धयन्वाद् दिनुभयो ।
पुल महाशाखाका डि.जि. सडक विभागका महानिर्देशक ई. अर्जनुजंग थापाले आफ्नो मन्तव्य राख्नु भउको कार्यक्रममा उप–प्रमुख सरस्वती खड्काले स्वागत गर्नुभएको थियो भने कीर्तिपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष राजेन्द्र महर्जनले उपस्थित सम्पूर्णलाई धन्यवाद् दिनुभएको थियो । कार्यक्रम कीर्तिपुर नगरपालिका वडा नं. २ का अध्यक्ष रमेशमान डंगोलले सञ्चालन गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...