सामाजिक सुरक्षा भता वितरणमा भीडभाड ः स्वास्थ्य सुरक्षामा ध्यान दिने हो कि ?
असार २५, २०७८, शुक्रबार | विहान ०९:३८ बजे | 30
भक्तपुरभरि अहिले वडावडामा सामाजिक सुरक्षा भता वितरण भइरहेको छ । भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्म नै बृद्धबृद्धाहरुका लागि सामाजिक सुरक्षा भता वितरण गर्ने कार्य चलिरहेको छ । नगरपालिकाले पूर्व सूचना प्रदान गरी हिजो बिहीबार र आज शुक्रबार गरी दुई दिन भता वितरण गर्ने कार्यक्रम हुने जनाएको छ । तर कतिपय वडामा पैसा नपुगेको भन्दै हिजो बिहीबार वितरण भएन । वितरण भएका कति वडाहरुमा पनि भीडभाड देखिए । यो कोभिडको समयमा यसरी हुल जम्मा गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नु कतिको बुद्धिमानी होला भनी प्रश्न पनि उठन थालेको छ । बरु यो भन्दा जसरी पहिला नगरपालिकाले घरघरमा नर्स पठाएर सेवा दिएको थियो, त्यसरी नै बैंकलाई अनुरोध गरेर अधिकार सम्पन्न स्थानीय निकायका कर्मचारी र बैंकका कर्मचारीसहितलाई अहिलेको समयमा घरघर मै पठाएर बाँडेको भए धेरै राम्रो हुने विचार पनि सामाजिक सञ्जाल फेसबुकमार्फत भीड देख्नेले प्रतिक्रिया दिन थालेका छन् ।