भक्तपुरकी महिलामा भेटियो फेरि कोरोना


असार १६, २०७७, मङ्गलबार | दिउँसो ०२:४० बजे | 0


भक्तपुर । भक्तपुरकी एक महिलामा फेरि कोरोना संक्रमण भेटिएको छ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १३ हजार ५६४ जना पुगेको छ ।
नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या १३ हजार पाँंच सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।
मंगलबार नयाँ थपिएका संक्रमितहरुमा ७१ जना महिला र २४५ जना पुरुष रहेका छन् । हालसम्म १ हजार ६५७ महिला र ११ हजार ९०७ पुरुष गरी १३ हजार ५६४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
बाजुराका ४८, महोत्तरीका २९ जना, अछामका २७ जना, सप्तरीका २५, दाङका २१, पाल्पाका १८, डोटीका १७, काठमाडौंका १२ र सिराहाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, कास्कीका ९ जना, रुकुम पश्चिम र सर्लाहीका आठआठ जना, अर्घाखाँची र रौतहटका सातसात जना, तनहुँका ६, कैलाली र झापाका पाँंचपाँंच जना, स्याङ्जाका ४ जना, धनुषा, संखुवासभा, डडेलधुरा, दैलेख, बैतडी र लमजुङका तीनतीन जना, सल्यान, बाजुरा, उदयपुर, सुनसरी र सिन्धुपाल्चोकका दुईदुई  तथा ललितपुर, भक्तपुर, गुल्मी, गोरखा, बाग्लुङ, अछाम, बैतडी, म्याग्दी र बाँकेका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

Comments