फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
असार २२, २०७८, मङ्गलबार | दिउँसो ०३:४८ बजे | 30
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितल र हवाइ इन्धनको मूल्य २÷२ रुपैयाँले बढाएको हो ।
अब पेट्रोलको मूल्य १२९ रुपैयाँ तथा डिजेल र मट्टितलेको ११२ रुपैयाँ र ८४ रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य समेत समेत अमेरिकी डलर १९ ले वृद्धि गरेर ७५४ डलर प्रति किलोलिटर पुगेको छ ।
ग्यासको मूल्य समेत प्रतिलिटर बढाएर १४२५ रुपैयाँ पुर्याइएको छ ।