आजदेखि उपत्यकामा ह्ट्यो जोरविजोर प्रणाली


असार २२, २०७८, मङ्गलबार | विहान ०३:१३ बजे | 25


आजदेखि उपत्यकामा ह्ट्यो जोरविजोर प्रणाली

काठमाडौं । काठमाडौं उपत्यकाभित्र आजदेखि जोडविजोर प्रणाली हटाइएको छ । सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली हटाइएको हो।

माइक्रो, टेम्पोलगायत सवारी पनि चल्न दिइएको छ । आजदेखि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पाइन्छ । तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ । सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ। यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो ।

माइक्रोको तेस्रो सिटमा चार–चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन । सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ ।

यसका साथै पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न पाइनेछ। परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ । निर्माण सामग्री ढुवानी गर्न पनि पाइने भएको छ। बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री गर्न पाइनेछ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा भने असार ३१ गतेसम्मलाई थप गरेका छन्। विद्यालयहरू भने खुल्न पाउँदैनन्। सभा तथा सम्मेलन गर्न पनि रोक लगाइएको छ।

Comments