भक्तपुरमा बृद्धभता वितरण असार २४ र २५ गते


असार २१, २०७८, सोमबार | दिउँसो ०१:०८ बजे | 20


भक्तपुरमा बृद्धभता वितरण असार २४ र २५ गते

भक्तपुर । भक्तपुर नगरपालिकाले आफना नगरमा रहेका बृद्धबृद्धाहरुलाई असार २४ गते विहीबार र २५ गते शुक्रबार बृद्धभता वितरण गर्ने भएको छ । नगरपालिकाले जारी गरेको सूचना अनुसार त्यस समयमा सम्वन्धित वडा कार्यालयहरुमा बैंकका कर्मचारीहरुको उपस्थितिमा भता वितरण हुनेछ । यो पटक तेश्रो चौमासिक किस्ताको भता अर्थात् २०७७ चैत, २०७८ वैशाख, जेठ र असार गरी चार महिनाको भता वितरण गरिनेछ । भता लिन आहउने समयमा नागरिकताको फोटोकपी एक प्रति, पासपोर्ट साइजको फोटो दुईप्रति, तीनपुस्ते खुलाउने कागजात र संरक्षकको हकमा संरक्षक वन्ने व्यक्तिको नागरिकता र फोटो एकएक प्रति ल्याउन नगरपालिकाले सूचित गरेको छ । अशक्त, अपांगहरुका लागि घरसम्मै पुगेर भता वितरण गर्ने सूचनामा उल्लेख छ ।

Comments