तिमी अदृश्य शक्ति !


2020-06-30 11:36:22

अनन्तराज बज्राचार्य
तिमी अदृश्य शक्ति !
कोरोना रे तिम्रो नाम ! के थरी हो खै कुन्नी ?
छुत अछुत नमान्ने बेला तिमिले छोयो भने सबै बन्छ अछुत
तिमी अदृश्य शक्ति !

देखिन्न तिमी कहिं कतै, तैपनि छ मनमा डर भित्रभित्रै
तिमी आउला, च्वास्स छोउला टपक्क टिपि संसारबाट उठाउला
तिमी अदृश्य शक्ति!

फुत्त जन्मियौ वुहानमा, पल भर मै फैलियौ संसारमा
विश्व नै आतंकित हुने गरि, लाखौंलाई लडायौ चिहानमा
तिमी अदृश्य शक्ति !

मै हुँ भन्दै विश्वलाई हाँक्नेलाई पनि
भित्रभित्रै गलाई सक्यौ
विश्वका सबै शक्तिराष्ट्रको अर्थतन्त्रलाई पनि
डामाडोल बनाई ढलाइ सक्यौ
तिमी अदृश्य शक्ति!

न त कसैले रोक्न सकेको छ, न कसैले छेक्न नै
लाचार छन् विश्वका सबै शक्तिमान
तिमी भने जहिल्यै उस्तै चलायमान
तिमी अदृश्य शक्ति !

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *