लियो क्लबको अध्यक्षमा अभिनव जोशी नियुक्त
असार २०, २०७८, आइतबार | दिउँसो ०१:०३ बजे | 35
काठमाडौं । लियो क्लब अफ काठमाडौं कोहिनुर ‘लियो वर्ष २०२१–२२’ को अध्यक्षमा ललितपुरका अभिनव जोशी नियुक्त भई हिजो एक भर्चियोल कार्यक्रम बीच पदस्थापन भएका छन् । प्रथम उपाध्यक्षमा यजु महर्जन, दोस्रोमा मेरिना सिलवाल, सचिवमा आज्ञा श्रेष्ठ, कोषाध्यक्ष्ँमा अनिता तामाङ, सह–सचिवमा प्रणय प्रधान, सह–कोषाध्यक्षमा ग्रिष्मा श्रेष्ठ नियुक्त भएका छन् । प्रोग्राम डाइरेक्टरमा आशिका पोखरेल र प्राप्ति श्रेष्ठ छन् । लायन्स क्लबको युवा संगठन लियो क्लब युवा नेतृत्वको विकास र सामाजिक कार्यमा निकै सक्रिय मानिन्छ ।