नगर प्रमुख प्रजापतिसँग मध्यपुर थिमीका उपप्रमुख अन्जनादेवी मधिकर्मीका भेट
असार २०, २०७८, आइतबार | दिउँसो १२:०७ बजे | 20
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अन्जनादेवी मधिकर्मीले आइतबार भेट गर्नुभयो । नगर प्रमुख प्रजापतिले उपप्रमुख मधिकर्मीलाई स्वागत गर्नुहुँदै उहाँहरूबीच दुई नगरपालिकाबीच भएका गतिविधिहरूबारे अनुभव आदानप्रदान भयो । प्रमुख प्रजापतिले उपप्रमुख मधिकर्मीलाई नगरपालिकाका केही प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।