पत्रकारहरुसँंगको भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न
असार १६, २०७७, मङ्गलबार | विहान ११:२० बजे | 50
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मंगलबार परिसरमा पत्रकारहरुसँंगको भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । भेटघाटमा हालै भक्तपुर सरुवा भई आएकी प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाले आफनो कार्यकालमा अपराध कम गराउने प्रतिवद्धता व्यक्त गरिन् । उनले आफनो पहिलो कर्तव्य भक्तपुरमा पहिलाको तुलनामा अपराधहरु कम गर्ने योजना रहेको बताइन् । साथै यहाँ धेरैजोरो चोरी, सडक दुर्घटना रहेको पाइएको थापाले बताइन् । उनी भन्छिन्, तपाईहरुको साथ पाएमा अझ काम गर्न सजिलो हुन्छ । आफूहरुलाई थाहा नभएको कुनै घटना छ भने पनि खबर गर्नुहुन उनले पत्रकारहरुसँंग अनुरोध गरिन् । आफूहरु हरदम जनताको सेवाका लागि तयार भएको थापाले बताइन् ।
भक्तपुर महानगरीय प्रहरी परिसरका सूचना अधिकृत दिपक गिरीले सकेसम्म सुचनाहरु चाडै पठाउने बाचा गरे । साथै कार्यक्रममा महानगरीय प्रहरी बृत ठिमी प्रहरी नायव उपरीक्षक (डीएसपी) ऋषिराम कडेलले शान्तिसुरक्षा कामय गर्न सवैको सहयोगका आशा राखे । साथै उनले पत्रकारलाई घटनाका सूचनाहरुको लागि हरदम तयार भएको बताए ।
जगाती प्रहरी बृतका प्रहरी नायव उपरिक्षक (डीएसपी) चक्रराज जोशीले पूवतर्फबाट काठमाडौं आउका हजारौ यात्रुहरुलाई जगाती प्रहरी चोकबाट फर्काएको बताए । नियमअनुसार कागजपत्र नभएको सवारीसाधन तथा व्यक्तिहरुलाई उपत्यका नछिर्उने गरेको जोशीले जानकारी गराए ।