युनिटी युबा क्लब पान्डोबजारको राहत अति बिपन्न परिवारलाई
असार १९, २०७८, शनिबार | विहान ०७:५८ बजे | 30
भक्तपुर । बिश्व आक्रान्त कोभिट १९ को दोस्रो लहरको कारण देशमा हाल भैरहेको लामो समयसम्मको निषेधाज्ञा (बन्दाबन्दी) बाट प्रतक्ष असर अति बिपन्न परिबारलाई दैनिक छाक टार्न निक्कै कठिन परेको छ । यस कठिन परिस्थितिलाई मध्यनजर गरी युनिटि युबा क्लब पान्डोबजारको सकृयतामा तथा टिवेटिन इट पिपुल्स डे आई हिमालय (टीपीएच) फ्रान्सको सहयोगमा भक्तपुर सूर्यविनायक न,पा,वडा न, ६ मा रहेको अति बिपन्न ४० घर परिवारलाई राहत बितरण गरेको क्लबको अध्यक्ष पुनमचन्द्र गिरीले बताउनुभयो ।
अति बिपन्न मजदुर परिवारलाई लक्षित गरि प्रति परिवार एक बोरा चामल ३० केजी, दाल दुई केजी, नुन २ पाकेट ,तेल २ लिटर लगाएतको खाद्यान्न सामाग्री बितरन गरेको टिपीएच फ्रान्ससंग समन्वय गरी सहयोग जुटाउन पहल कदमी लिनु हुने युबा क्लबको सदस्य रबिदास दोङले बताउनुभयो।
यस युनिटि युबा क्लब खेलकुदमा मात्र सीमित नभई समाजमा परेको तमाम समस्या माहामारी, प्रकृतिक प्रकोप, बिकृती बिसंगती हटाउने जनचेतनामुलक कार्यक्रमहरु निरन्तर गर्दै जाने सचिब कबिन दोङले बताउनुभयो।