यस्तो छ भक्तपुरको राधेराधेको अलपत्र अग्लो भबनको भित्री कथा


असार १८, २०७८, शुक्रबार | विहान ०१:५८ बजे | 30


यस्तो छ भक्तपुरको राधेराधेको अलपत्र अग्लो भबनको भित्री कथा

भक्तपूरको राधेराधे चोकको देब्रेपट्टि उभिएको अजङ्गको वेवारिसे भवन देख्नासाथ सबैको मनमा उब्जिने प्रश्न हो, ‘यति ठूलो भवन कसको होला ? किन यो हातलमा राखिएको होला ?’ आदि । भाटभटेनी सुपमार्केटको छेवैमा निर्माणाधिन यो भवन वर्षौदेखि ठडिएको भए पनि ‘फिनिसिङ’ भने हुन सकेको छैन ।
उक्त भवनको निर्माण कम्पनी सौरभ समूहको भगीनी संस्था शुभश्री जगदम्बा डेभलपर प्रालि हो । आवासीय अपार्टमेन्टको लागि भनेर उपत्यका विकास प्राधिकरणबाट निर्माणको स्वीकृति पाएको यो विशाल भवनको नाम ‘न्यौपाने टावर्स’ हो ।
भक्तपूरको मध्यपुर थिमि नगरपालिकास्थित अपार्टमेन्ट निर्माणका लागि शुभश्री जगदम्बा डेभलपरले प्राधिकरणबाट १३ तल्लाको स्वीकृति पाएको थियो । तर, पछि थप गरेर १७ तल्ला पुर्याइएपछि प्राधिकरणले स्पष्टिकरण सोध्यो । फलस्वरुप आकृति मात्रै ग्रहण गरेको भवनले पूर्णता पाउन सकेन ।
१३ तल्ला निर्माणको स्वीकृति प्राधिकरणबाट पाएको भए पनि छेवैमा ५ तल्ला थप गरेर व्यवसायायिक कम्प्लेक्सको समेत निर्माण थालिएपछि प्राधिरणरले प्रश्न उठाएको थियो । तर, पाँच तले भवनको नक्सा भने २०६७ साल मंसिर २ गते नै नगरपालिकाबाट पास भइसकेको बताइन्छ ।
१७ तल्लाका लागि ‘फार’ मा त्रुटि पाईएको नगरपालिकाको तर्क छ । प्राधिकरणको भक्तपूर कार्यालयले भने नगरपालिकाबाट स्वीकृति भएको जानकारी नआ’एको बताएको छ । प्राधिकरण भक्तपूर कार्यालयका सूचना अधिकारी गणेशराम कोजुका अनुसार एक पटक फुकुवा गर्ने सम्बन्धमा नगरपालिकाका प्रतिनिधिसहित प्राधिकरणको बोर्डमा छलफल पनि भएको थियो ।
थिमि नगरपालिकाका तत्कालीन इन्जिनीयर सत्यनारायण साहले २०६७ मा उक्त टावरको डीपीसी सर्जिमिन गराएका थिए । नगरपालिकाको टोलीले त्यतिबेला सर्जिमिन गरेको र मापदण्ड पुग्ने नपुग्ने अध्ययन भईरहेकै समयमा स्थानीय बासि’न्दाले बाटोको विषयमा समेत विरोध गरेर नगरपालिकामा उजुरी दिएका थिए । त्यसै कारण निर्माणको काम रोकिएको उक्त भवन अहिलेसम्म वेवारिसे अवस्थामा छ ।
नगरपा’लिकाले भवन नि’र्माण मापदण्ड अनुसार फार नपुग्ने भनेपछि कम्पनीले जोडि’एको थोरै जग्गा किनेर फार पुग्ने भन्दै अर्को निवेदन पनि दिएको भन्ने सुनिएको तर, त्यसबारे छल’फल भएको जानकारी प्राधिकरणमा नआएको प्राधिकरणको भनाई छ ।
नगरपालिकाको भवन निर्माण’सम्बन्धी माप’दण्ड अनुसार फार ३.० हुनुपर्ने थियो । उक्त क्षेत्रको जग्गाको क्षेत्रफल करिब ६ रोपनी ३ आना छ ।
विभागबाटै पहल
न्यौपाने टावरका मा’लिक भने विष्णु न्यौ’पाने हुन् । उनले उक्त भवन निर्माणका क्रममा आवासीय अपार्ट मेन्टका लागि स्वीकृति लिएको भएपनि भूकम्पप’छि मानि’सहरु अग्ला घरमा बस्न डराएका कारण होटलमा रुपान्तरण गर्ने सोच बनाएका थिए । भूकम्प गएको ५ वर्ष बितिसक्दा पनि अनेकन झण्झट’का कारण भवनको फि’निसिङ हुन सकेको छैन ।
होटलका लागि न्यौ’पानले अनु’भवी समूह खो’जेका थिए । उनले ग्राण्ड, सोल्टी र सिद्धार्थ ग्रुपसँग यसबारे कुराकानी पनि गरेका थिए । अन्तिममा कुनै पनि स’मूहले सञ्चा’लन गर्न मन नगरेपछि न्यौपानेले आफैँ अहिले टावरमा अपार्टमेन्ट र ५ तले भवनमा बिजनेश कम्प’लेक्स नै चलाउने मनस्थि’तीमा पुगेका छन् ।
शहरी विभास तथा भवन निर्माण वि’भाग, उपत्य’का विकास प्राधिकरण र नग’रपालिका धाउँदा धाउँदा वाक्क भएपछि उनले विभागबाटै स्वीकृतिको पहल थालेका छन् । यस बारे’को आंशिक जानकारी भने प्राधि’करण समक्ष पनि पुगेको छ ।
नगरपा’लिका भने केही बोलेको छैन । तर, उक्त स्था’नको किता नम्बर २६ र ५० को जग्गा जोडेर मापदण्ड विपरित अर्को भवन बनाउन थालेपछि नगर’पालिकामा उजुरी पुगेको मध्य’पूर थिमी नगरपालिका बताउँछ ।

Comments