मिस नेपाल श्रेष्ठले धादिङमा बनाउदैँ झोलुङ्गे पुल


असार १६, २०७८, बुधबार | दिउँसो १२:२४ बजे | 30


मिस नेपाल श्रेष्ठले धादिङमा बनाउदैँ झोलुङ्गे पुल

मिस नेपाल नम्रता श्रेष्ठले  धादिङस्थित नीलकण्ठ नगरपालिकामा झोलुङ्गे पुल निर्माण गर्ने भएकी छन् । श्रेष्ठको पहलमा निर्माण गर्न लागिएको पुल ५० लाखको लागतमा बन्न लागेको हो पुल निर्माणका लागि विभिन्न ब्रान्डहरुले पनि हातेमालो गरेका छन् भने अर्थ संकलनका लागि नम्रता श्रेष्ठको नाममा राष्ट्रिय वाणिज्य बैंकमा १८७०१०००००४१५०१० नम्बरको खाता पनि खोलिएको छ । केही दिन अगाडि शिलान्यास भएको छिरिन पुछार झोलुंगे पुल नामकरण गरिएको ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने तयारीमा रहेकी श्रेष्ठको प्रतियोगिताको महत्वपूर्ण विधा मानिएको ‘ब्युटी विथ अ पर्पस’ का लागि उक्त पुल बनाउन लागिएको हो । यस् कार्यमा स्पोन्सरहरु जुटाउने साथै नपुग खर्चका लागि सहयोगको अपिल समेत गरिएको नम्रताको भनाई छ  िडिसेम्बर १६ मा अमेरिकामा आयोजना हुने ‘मिस वर्ल्ड २०२१’ का लागि नम्रता कार्यक्रमको एक महिना अगाडि त्यसतर्फ उड्ने छिन् । 

Comments