भोलि भक्तपुरमा दिनभर बती निभ्ने, हेर्नुहोस कताकता निभ्दैछ ?


असार १६, २०७८, बुधबार | विहान १०:४५ बजे | 20


भोलि भक्तपुरमा दिनभर बती निभ्ने, हेर्नुहोस कताकता निभ्दैछ ?

भक्तपुरको सल्लाघारी फिडर र निकाशेरा फिडरमा भोलि बिहीबार विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण थिमि वितरण केन्द्रले सो फिडर अन्तर्गतका ठाउँहरुमा बिदूत आपूर्ति बन्द हुने जनाएको हो ।
प्राधिकरणले सल्लाघारी फिडरअन्तर्गत मध्यपुर थिमि, राधेराधे, चारदोबाटो चोक, शंखधर चोक, गठ्ठाघर, कौशलटार, बालकोट, नयाँ बस्ती, ब्रम्हनगर, वृहस्पति मार्ग, रोजभिलेज, धारापाटी एरिया रहेका छन् भने निकोशेरा फिडर अन्तर्गत पुरानो थिमि, निकोशेरा, कुण्डोल, गाँखु, कमेरोटार, भाटभटेनी एरिया रहेका छन्।
ती ठाउँहरुमा विहान सोढ ९ बजेदेखि बेलुका ५ बजेसम्म बिद्युत आपूर्ति बन्द हुने सो कार्यालयका इन्जिनियर लक्ष्मीकुमार आगन्जाले बताए। उनले भौतिक पूर्वाधार तथा वातावरण मन्त्रालय सडक विभाग काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत पुरानो थिमिबाट निकोशेरा चोकसम्म सडक विस्तारका लाग सडक मापदण्डमा परेका विद्युतीय संरचना स्थानान्तरण कार्यको लागि ती स्थानमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ।

Comments