किसानलाई....


असार १६, २०७७, मङ्गलबार | विहान ०७:५० बजे | 35


के सुख के दुख किसानलाई
के घाम के शीतल किसानलाई
के वर्षा के भेल किसानलाई
को आफ्नो को पराए किसानलाई

भालेको पहिलो डाको सङ्गै उठ्ने किसानलाई
घाम नडुबुन्जेल खेतमै काम गर्ने किसानलाई
सधै आफ्नो पौरख मा रमाउने किसानलाई
मानो रोपि मुरी फलाउने किसानहरूलाई

खेतबारी सधैं खन्ने किसानहरुलाई
हराभरा अनि हरियाली पार्ने किसानलाई
बाँझो खेतबारी उर्वर बनाउने किसानलाई
कैयौँ मानिसको पेट भर्ने किसानलाई

के भोक के रोग किसानलाई
के लकडाउन के बन्द किसानलाई
के आपत् के विपत किसानलाई
ढिलै भएपनिअसार पन्ध्र एवंम धान दिवसको

शुभकामना छ है सबै किसानलाई

बाल गोपाल देवकोटा, जुम्ला

Comments