रुपा सुनारमाथि कारवाही गर्न मध्यपुरका मेयरको माग
असार १४, २०७८, सोमबार | विहान ०७:२३ बजे | 50
मध्यपुर थिमि । रुपा सुनारमाथिको कारबाहीको मागसहित सोमबार भक्तपुरको मध्यपुुर थिमिमा भएको हस्ताक्षर अभियानमा मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ सहभागी भएर एक्यवद्धता व्यक्त गरेका छन । सरस्वती प्रधानलाई न्याँयको लागि समर्थन दिदैं मेयर श्रेष्ठले सहभागिता जनाई एक्यवद्धता जनाएका हुन ।
जातीय विभेदबिरूद्ध हामी पनि साथ छौं तर आफ्नो अधिकार अरुको सम्पतिमा खोज्नु सरासर गलत हो.।.निर्दोष महिला ३ दिन जेलमा थुनिनु र उनलाई अपराधी भन्नू सरासर गलत हो.. सरस्वती दिदीलाई न्याय दिलाउन आउनुस्, एक जुट बनौं, मेयर श्रेष्ठले पत्रकारहरुलाई जवाफ दिंदै भने ।