दुई संस्थाहरुको एकतापश्चात तामाङ सोसाईटी अफ अमेरिका (तामाङ समाज अमेरिका) को विशेष अधिवेसन सम्पन्न


असार १४, २०७८, सोमबार | विहान ०१:५३ बजे | 30


दुई संस्थाहरुको एकतापश्चात तामाङ सोसाईटी अफ अमेरिका (तामाङ समाज अमेरिका) को विशेष अधिवेसन सम्पन्न

हालैमात्र एकता भएको तामाङ सोसाईटी अफ अमेरिका (तामाङ समाज अमेरिका) को विशेष अधिवेसन जुन २६, २०२१ शनिवार सम्पन्न भएको छ । विशेष अधिवशनले संस्थाको कार्यसमितिको पुनर्गठन गरेको छ । पुनर्गठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष –१, सचिव–१ सहित वोर्ड अफ डाईरेक्टर–६ जना थपि कूल २१ सदस्य रहेको छ।
तामाङ समाज अमेरिकाका अध्यक्ष श्री सानुमाया लामा र तामाङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष श्री छेमाङ तामाङको संयुक्त अध्यक्षतामा सम्पन्न उदघाटन सत्र बौद्ध धर्मगुरु श्री आचार्य यल्मोपा सहित द्वय अध्यक्षहरु र संस्थाका पूर्व अध्यक्षहरुद्वारा दिप प्रज्वलन गरि संयुक्तरुपमा उदघाटन गर्नुभएको थियो । संस्थाका महासचिव श्री प्रवीण मोक्तानले सञ्चालन गर्नु भएको कार्यक्रममा सस्थाको निर्वाचित वरिष्ठ उपाध्यक्ष बुद्दिमान तामांगले संस्था एकीकरण को लागी भएका सबै खालका पृष्ठभूमि सहित को स्वागत मन्तव्य गर्नु भयो । सभामा बौद्ध धर्म गुरु श्री आचार्य यल्मोपाद्वारा मन्त्रपाठ गर्नु भएको थियो । संस्थाका पूर्व अध्यक्षहरु श्री ईन्द्र तामाङ, सुवास लामा, सुर्य पाख्रिन, राम तामाङ, श्री गोमा योञ्जन र श्री सानुमाया तामाङ, वरिष्ठ उपाध्यक्ष श्री बुद्दिमान तामाङ तथा सल्लाहकार बिनोद घिसिङले मन्तव्य तथा शुभकामना शन्देश राख्नुभयो । यसै गरी तामाङ सोसाईटी अफ नर्थ अमेरिकाका उपाध्यक्ष श्री मोहन वाईवा, विधान संशोधन कमिटिका संयोजक श्री वि.आर. लामा, हामी नेपाली ग्लोवलका केन्द्रिय अध्यक्ष नायक अमृत लामा, अग्रज श्री रतन लामा, पूर्व महासचिव श्री दिपेन्द्र लामा र सक्रिय युवा व्यक्तित्व श्री छिरिङ योञ्जनले मन्तव्य तथा शुभकामना राख्नु भयो । तत्पश्चात शुरु भएको बन्दशत्रमा विधान संशोधन कमिटिका संयोजक  श्री वि. आर. लामाले सशोधनको लागि प्रस्ताव गर्नु भएको विधान सर्वसम्मतले पारित गरे । विधान पारित लगतै  
तामांग समाज अमेरिका को तत्कालीन अध्यक्ष सानु माया तामांग लाई तामांग सोसाइटी अफ अमेरिकाको पूर्व अध्यक्ष घोषणा सबैले ताली बजाएर गरेका थिए। संस्थाको नवनियुक्त पदाधिकारीहरुलाई अध्यक्ष श्री छेमाङ तामाङले सपथग्रहण गराउनु भएको थियो । नवियुक्त पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष श्री बुद्दिमान तामाङ, सचिव श्री रोज ब. घिसिङ, बोर्ड अफ डाईरेक्टरहरु श्री तुल ब.तामाङ, श्री सुरेन्द्र तामाङ, श्री चन्द्र तामाङ, श्री फुरु तामाङ, श्री कुङ्गा ग्यात्सो लामा र श्री दिपेन्सा लामा हुनुहुन्छ ।
अधिवेसन समारोहमा धर्म गुरु श्री आचार्य यल्मोपाले संस्थाको संस्कृति तथा बौद्ध भवन निर्माण कोषको लागि आर्थिक सहयोग ४१०१५  (एक हजार  १५ डलर) रकम कोषको संयोजक श्री ईन्द्र तामाङलाई हस्तान्तरण गर्नु भयो। कार्यक्रममा युवा व्यक्तित्व द्वय दिपेन्द्र लामा र डोल्मा लामा (फुर्साङ) लाई संस्थाका अध्यक्ष श्री छेमाङ तामाङले खादा ओढाएर सम्मान गर्नु भयो। यसै गरी तत्कालिन तामाङ समाजका सह–कोषाध्यक्ष सजुन थोकर, सदस्यहरु विष्णु तामाङ, अरुणा तामाङ, रेणु तामाङ, युनिसा लामा, राजु ब्लोन तामाङ, दिलमाया तामाङ र सान्त बहादुर तामाङलाई अध्यक्ष द्वेयले प्रशंसा पत्र प्रदान गर्नुभयो । कार्यक्रममा तत्कालिन दुबै संस्थाहरुको कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, पूर्व पदाधिकारीहरु, प्रवुध्द वर्ग, तामाङ सोसाईटी अफ नर्थ अमेरिकाका सह कोषाध्यक्ष श्री उमा तामाङ लगायत दुबै संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।
पुनर्गठित कार्यसमितिका पदाधिकारीहरुः
 छेमाङ तामाङ, अध्यक्ष
. बुद्दिमान तामाङ, वरिष्ठ उपाध्यक्ष
. कुन्साङ लामा (बिजय) उपाध्यक्ष
. प्रवीण मोक्तान, महासचिव
. राम गोले, सचिव
. रोज ब. घिसिङ, सचिव
. निमा ल्हमु लामा, कोषाध्यक्ष
. मनोज तामाङ, सह–कोषाध्यक्ष
. सोनम लामा, सदस्य
. सुनिता तामाङनी, सदस्य
. चन्द्र बज्यू, सदस्य
. पासाङ लामा, सदस्य
. अनिता लामा, सदस्य
. सानु मोक्तान, सदस्य
. धावा तामाङ, सदस्य
. तुल ब.तामाङ, सदस्य
. सुरेन्द्र तामाङ, सदस्य
. चन्द्र तामाङ, सदस्य
. फुरु तामाङ, सदस्य
. कुङ्गा ग्यात्सो लामा, सदस
. दिपेन्सा लामा, सदस्य
  टासी पाख्रिन, संयोजक, न्यूजर्सी संयोजक

Comments