तामाङ समाज अमेरिकाको अध्यक्षमा बिनिता तामाङ निर्वाचित
असार १३, २०७८, आइतबार | साँझ ०४:३७ बजे | 105
तामाङ समाज अमेरिकाको अध्यक्षमा बिनिता तामाङ निर्वाचित भएकी छिन् । तामाङ २६ जुनमा भएको तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएकी हुन् । अमेरिकाको न्युयोर्कस्थित क्विन्सब्रिज पार्कमा सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सन्तबहादुर तामाङ, उपाध्यक्ष किर्त तामाङ, महासचिव राजु तामाङ, सचिव बुद्धिमान वाईबा, कोषाध्यक्ष दिलमाया तामाङ रहेका छन् ।
त्यसैगरी समाजको सदस्यहरु क्रमश धुतराज डुम्जन, चली तामाङ, बुद्धिमान घिसिङ, भोज गोङबा, रश्मि मम्बा, लक्ष्मी तामाङ र राज तामाङ चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति अमेरिकाका सचिव भोजराज थोकरले शुभकामना मन्तव्यका क्रममा तामाङ एकता अपरिहार्यता रहेको बताए । एकता सैदान्तिक एवं व्यवहारिक हुनुपर्ने प्रमुख अतिथि थोकरको भनाइ थियो । निषेध र अहंकारले एकता सम्भव नहुने र समुदायको हितको लागि पूर्वाग्रह एवं निषेधको भावना प्रत्येकले त्याग्नु पर्ने अन्यथा एकता भाषणमा मात्र सिमित हुने प्रमुख अतिथि थोकरको दावी थियो ।
तामाङ समाज अमेरिकाले नेपाली डायस्पोरामा उच्चस्थान प्राप्त गर्न प्रमुख अतिथि थोकरले शुभकामना दिदै अबको नयाँ नेतृत्वले तामाङ एकताको लागि सहि ढंगले दिशानिर्देश गर्नुपर्ने र पुरानो नेतृत्वको गल्ती र अदुरदर्शिताबाट पाठ सिक्नुपर्ने समेत बताए ।