भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन संस्थान मातहत सञ्चालन गर्ने निर्णयको विरोध सिण्डिकेट लगाउने षडयन्त्र
असार १३, २०७८, आइतबार | दिउँसो १२:२५ बजे | 60
भक्तपुर । भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन संस्थान मातहत सञ्चालन गर्ने निर्णयको विरोध हुनु सिण्डिकेट लगाउने षडयन्त्र भएको जनाएको छ । अस्पतालाई अध्ययन संस्थान मातहत सञ्चालन गर्ने निर्णयको स्वागत गर्न आइतबार भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी संघद्धारा प्रकाशित विज्ञप्तिमा मेडिकल क्यान्सर माफियाहरुको आप्mनो स्वार्थको लागि अन्य ठाउमा क्यान्सर संस्थान खोलिनु हुदैन भनेर सिण्डिकेट लगाउने षडयन्त्र गरेको जनाएको छ ।
भक्तपुर क्यान्सर अस्पताललाई संस्थानमार्फत सञ्चालन गर्ने सरकारी निर्णयको नेपाली कांग्रेसले केही दिन अगा िऔपचारिक रुपमा विरोध जनाएको थियो । नेपाल सरकारले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटमा क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी भक्तपुर क्यान्सर अस्पतालसहित बि.पि.कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशिल कोइराला प्रखर क्यान्सर अस्पताललाई अध्ययन संस्थान मातहत सञ्चालन गर्ने निर्णय गरेका थियो ।
प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘बि.पि. कोइराला क्यान्सर अस्पताल नेपाल सरकारको सयौ रोपनी जग्गामा, चीन सरकारद्धारा निर्मित सुविधासम्पन्न भवन र अत्याधुनिक उपकरणहरुले भरीपूर्ण अस्पताल हो । जहा नेपाल सरकारको बर्षेनी करोडौं रुपैयाको अनुदान र स्वास्थ्य करकोषबाट उठेको रकम जान्छ । चिकित्सक र स्वास्थ्यकर्मीहरु देश, विदेशमा छात्रबृत्तिमा अध्ययन र तालिम लिई, दक्ष जनशक्तिको विकास गरी, देशको पूरानो, ठूलो र सुविधा सम्पन्न क्यान्सर अस्पतालबाट अधिकांश क्यान्सर बिरामीहरुलाई सुलभ, सस्तो र गुणस्तरीय सेवा प्रदान गरी राखेको सर्वविदितै छ । यसमा कसैको दुइमत छैन । यस्तो संस्थान क्यान्सर प्रतिष्ठानमा विकसित हुनुपर्छ । अझ भन्ने हो भने क्यान्सर विश्वविद्यालय नै हुनपर्छ भन्ने हाम्रो मान्यता छ । यस विश्वविद्यालय अन्तर्गत सातै प्रदेशमा क्यान्सर संस्थान वा क्यान्सर अस्पताल सञ्चालन गरी देशमा क्यान्सर रोगथाम, अध्ययन, अध्यापन र क्यान्सर उपचारमा निर्देशिका बनाइ उपचारमा एकरुपता ल्याउन सहकार्य पनि गर्न सकिन्छ भन्ने हाम्रो आशा छ । तर म, हामी र हाम्रो संस्था मात्र ठिक अरुले जे ग¥यो र सोच्यो त्यो गलत भन्ने मानसिकता त्याग्नु पर्छ ।’ आपूm राम्रो बन्नलाई, असल ठानिनुलाई वा आपूm मात्र विज्ञ मानिनुलाई, अरुलाई खोट लगाउने वा नराम्रो भनिरहनु नपर्ने विज्ञप्तिमा जनाइएको छ । हाम्रो पनि विकास हुनुपर्दछ र उनीहरुको पनि विकास हुनुपर्छ भन्ने सकरात्मक सोचको विकास हुनु जरुरी देखिन्छ । तर भक्तपुर क्यान्सर अस्पताललाई विकास गरिनु हुदैन भन्नु पूर्वाग्रही सोच हो, विज्ञप्तिमा थपिएको छ ।