राजस्व सम्बन्धी अन्तरक्रिया आयोजना


असार १०, २०७८, बिहीबार | दिउँसो ०२:३० बजे | 20


राजस्व सम्बन्धी अन्तरक्रिया आयोजना

भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर घरेलु तथा साना उद्योग संघको संयुक्त तत्वावधानमा आज  राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना भयो ।
जुम प्रविधिबाट भएको उक्त अन्तरक्रिया कार्यक्रममा आ.व. २०७८÷७९ को बजेटमा भएका व्यवस्था र कर छुटका विषयमा जानकारी गराईएको थियो । सो अवसरमा कार्यक्रमका सहभागी र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत श्री गगन बहादुर विकेबीच राजस्वका विविध विषयहरुमा अन्तरक्रिया समेत भएको थियो ।
कार्यक्रमका आयोजक भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरको स्वागत सम्बोधनबाट शुरु भएको उक्त कार्यक्रममा अर्का आयोजक भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्री प्रेम कृष्ण खर्बुजाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य, भौतिक पूर्वाधार समितिका सभापति एवं भक्तपुर चेम्बर अफ कमर्शका सल्लाहकार श्री रोशन भोयद्योले व्यवसायीहरुका प्रतिनिधिमूलक संस्थाले व्यवसायीहरुलाई निरन्तर सुसुचित गर्दै सशक्तिकरण गरिरहनु पर्ने बताउनु भयो । यसै गरी घरेलु तथा साना उद्योग संघका निर्वतमान अध्यक्ष श्री विरेन्द्र जतीले महिला उद्यमी लगायत घरेलु उद्योगहरुका लागि सरकारले दिनु पर्ने सुविधाहरु पर्याप्त नभएको बताउनु भयो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भक्तपुरका कर अधिकृत श्री राजकुमार पोखरेलले विषयवस्तुमाथि प्रस्तुतीकरण गर्नु भएको थियो भने भक्तपुर चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य एवं कार्यक्रमका संयोजक श्री अष्टबज्र बज्राचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्नु भएको थियो । कार्यक्रमा भक्तपुर जिल्लाका विभिन्न वस्तुगत संघसंस्थाका प्रतिनिधिहरु लगायत अन्य उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Comments