क्यान्सर अस्पतालबारे पत्रपत्रिकाहरुले भ्रम छरेको आरोप


असार १५, २०७७, सोमबार | दिउँसो १२:४६ बजे | 20


भक्तपुर ः भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी संघले विभिन्न मिडियाहरुले अस्पतालकाविरुद्ध झूठा र भ्रामक समाचार प्रकाशित गरेको भन्दै खण्डणसहित आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । अस्पतालकोबारेमा विभिन्न पत्रपत्रिकामा झूठा र भ्रामक समाचार प्रकाशित गरेको खण्डन गर्दै कोरोना महामारीको समयमा कर्मचारीहरुलाई सेवामा निरन्तर लागिरहन अनुरोध गरेको छ ।
[[img2]]
विज्ञप्तिमा अस्पतालका कर्मचारीहरुले लकडाउनको यो संकटमा जेठ महिनादेखिको विशेष भता नलिने घोषणा गरेका छन् । कर्मचारीहरुले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी अस्पताल सञ्चालक संस्थासँंग जेठ महिनालाई विशेष भता दिनलाई रकम नभएकोले संस्थाको आर्थिक स्थिति राम्रो भएपछि मात्रै विशेष भताले जनाएको छ । भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याण संघका अध्यक्ष शिवराम धुख्वाद्धारा जारी विज्ञप्तिमा कर्मचारीहले जेठ महिनाको तलब र अन्य सुविधा प्राप्त गरेको जनाएको छ । साथै चिकितसक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको आग्रहमा भक्तपुर नगरपालिकाद्धारा गठित व्यवस्थापन समितिले प्राडा श्रृषिकेशनारायण श्रेष्ठलाई २०७६ भदौ १ गतेदेखि लागू हुने गरी तीन वर्षको लागि नयाँं मेडिकल डाइरेक्टरको नियुक्ति दिएको र उनले मेडिकल डाइरेक्टरले पाउने भताहरु नलिई अस्पतालको सम्पूर्ण चिकित्सकीय सेवाहरु प्रदान गरिरहेको जनाएको छ । विज्ञप्तिमा सात वटा समसामयिक विषयमा पनि धारणा राखिएका छन् ।

फाेटाेमा हेर्नुहाेस्...

Comments