नागरिक सामुदायिक शिक्षण अस्पताललाई एम्बुलेन्स सहयोग
असार ८, २०७८, मङ्गलबार | दिउँसो ०३:१६ बजे | 45
रत्न काजि प्रजापति
मध्यपुर थिमि गठ्ठाघरमा अबस्थित नागरिक सामुदायिक शिक्षण अस्पताललाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ। मध्यपुर थिमि निबासि श्रीमान÷ श्रीमती जगत बहादुर श्रेष्ठ तथा श्रीमान÷ श्रीमती राम बहादुर श्रेष्ठद्वारा उक्त एम्बुलेन्स अस्पताललाई प्रदान गर्नु भएको हो।
आज सम्पन्न एक समारोह बिच उक्त एम्बुलेन्स दाता श्री जगत बहादुर श्रेष्ठले अस्पतालका निर्देशक श्री श्रीभक्त काशिछ्वालाई हस्तान्तरण गर्नु भयो। आफ्ना स्वर्गिय माता देव माया श्रेष्ठ र पिता रत्न बहादुर श्रेष्ठ को सम्झनामा यो सहयोग गरेको दाता श्री श्रेष्ठले बताउनु भयो।
उक्त समारोहमा एम्बुलेन्स ग्रहण गर्दै अस्पतालका निर्देशक श्री श्रीभक्त कासिछ्वाले श्री जगत बहादुर श्रेष्ठको यो पुण्य कार्यको प्रशसा गर्दै भबिश्यमा पनि उहाबाट यस्तै परोपकारि कार्यहरुमा निरन्तरता रहने बिश्वास ब्यक्त गर्नु भयो। कोभिद को यो असहज र बिषम परिस्थितिमा अस्पतालले पाएको यो एम्बुलेन्सले अझ बढी सहज रुपमा बिरामीको सेवा गर्न सघाउ पुग्ने कुरा ब्यक्त गर्नु भयो।
नागरिक सामुदायिक शिक्षण अस्पताल यो क्षेत्रकै उत्कृष्ट अस्पतालको रुपमा चिनिन्छ।