भक्तपुर पार्टी प्यालेस तथा क्याटरिग संघको संयोजनमा ३१ पाकेट रगत संकलन
असार ८, २०७८, मङ्गलबार | विहान ०८:०६ बजे | 25
भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिको संयुक्त संयोजनमा संचालन भईरहेको सेवा परमो धर्म अभियान अन्तर्गत आज राधेराधे मध्यपुरथिमिमा भएको रक्तदान कार्यक्रममा ३१ प्याकेट रगत संकलन भयो । उक्त कार्यक्रममा आज ३ महिला र २८ पुरुषले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रमको संयोजन भक्तपुर पार्टी प्यालेस तथा क्याटरिड्ड संघबाट भएको हो । साथै रक्तदान कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रुको विशेष सहयोग रहेको थियो । अभियानलाई सफल रुपमा सञ्चालन गर्नका लागि जिल्ला प्याब्सन भक्तपुर, भक्तपुर डाक्टरस् सोसाइटी, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, नेपाल नसिंड्ड संघ, सिबिआर भक्तपुर, भक्तपुर हार्ट एण्ड डायेवेटिक सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टि प्यालेस तथा क्याटरिड्ड संघ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लि. को सहकार्य रहदै आएको छ ।
आषाढ ४ गतेबाट थालनी भएको उक्त सप्ताहव्यापी रक्तदान कार्यक्रम अन्तर्गत ८ गते सल्लाघारी कम्प्लेस, सल्लाघारी, ९ गते नर्थ प्वाइन्ट मल, बोडे र १० गते च्याम्हसिंह भक्तपुरमा रक्तदान कार्यक्रम हुने भएको छ