हेलम्बुका बाढी प्रभावित ४० घरधुरीलाई राहत वितरण


असार ८, २०७८, मङ्गलबार | विहान ०७:२१ बजे | 95


हेलम्बुका बाढी प्रभावित ४० घरधुरीलाई राहत वितरण

काठमाडौं । नेपाल तामाङ कलाकार संघले हेलम्बुका बाढि प्रभावित ४० घर धुरीलाई राहत वितरण गरेको छ । आइतबार संघको टोलीले हेलम्बु गाउँपालिका २, गणेश बगरबाट विस्थापित भएका परिवारलाई राहत वितरण गरेको हो ।

कलाकार संघका अध्यक्ष सञ्जिव वाईवाको नेतृत्वमा हेलम्बुको गशेण बगर पुगेका टोलिले ४० थान सोलार बत्ति, ४० थान त्रिपाल, ४० बोरा चामल, तेल ४० लिटर, रातो दाल ५० केजि, कालो दाल ४० केजि, नुन ४० प्याकेट, दालमोट ४० प्याकेट, चिउरा ८० केजि , नुहाउने र लुगा धुने साबुन जम्मा ८० वटा वितरण गरिएको हो । संघका अध्यक्ष सञ्जिव वाईवाले भने,‘तामाङ कलाकार संघको अक्षय कोषबाट एक लाख रुपैयाँको राहत वितरण गर्ने निर्णय बमोजिम हामिले यो अभियान चलाएको हो ।
[[img2]]

साथै, सामाजिक सञ्जालबाट चलाएको अभियानमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको समेत आर्थिक सहयोग छ । हामी पारदर्शी र प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता गर्न चाहान्छौं ।’प्राकृतिक विपत जुनसुकै समय जहाँ पनि हुन सकिने भएकाले कलाकारले सकिने सहयोग गर्न आफूहरु तयार रहेको वाईवाको भनाई थियो । उनका अनुसार दोस्रो चरणको राहत अभियान पनि छिटै हुने छ ।

प्राकृतिक विपद्को समयमा हातेमालो गर्ने आम शुभेच्छुकलाई समेत धन्यवाद दिदै अध्यक्ष वाईवाले भने,‘हामी राहतको पैसा राहतकै लागि खर्च गर्छौ । खाना र यातायातमा लाग्ने खर्च आफै व्यहोर्छौ ।’ बाढि प्रभावितको राहतका लागि भने कलाकार तथा स्थानीय समेत रहेका ओम वाईवा तामाङले कलाकार संघसँग सम्न्वय गरेका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

हेलम्बुका बाढी प्रभावित ४० घरधुरीलाई राहत वितरण

Comments