पूर्खाले सिर्जेको सम्पदा
लेखक ः कुमार लघु
भक्तपुरको पाँचतल्ले मन्दिर जिउँदो सम्पदा
संसारको आँखाले देखेको भक्तपुरको
पूर्खाले सिर्जेको सम्पदा त्यो नै सम्पत्ति
पूर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र सस्कृति
आहा! क्यामज्जा गजूरमा भुसादानको झण्डा
क्या मव्जाले झण्डा फरेको आहा फिरफिर्र
तल्लै पिच्छे छानामा झिङगट्टीले छाएको जनश्रमदानमा लावालस्कर टौमढी दवु भरेको
किसान,मध्यम वर्ग, व्यापारी वर्ग र कर्माचारी वर्ग
श्रमदानमा स्थानिय जनताको कमिला झै ताती
छानामा माटो पास गर्ने महिला दिदीहरूको साथ
छानामा झिङगट्टिले छाउने दाजुहरूको कौशल
देख्दै डरलाग्दो पाँचतल्ले मन्दिरमा सजिलै सित
तहतह मानिसको लहरैमा माटो र झिङगति ईट्टा
चारैतिर झुण्डिएको सानो घण्टा हावाले हलिने
सवैकोआँखा पाँचतल्लेको गजूरहेराई छोड्डैन्
जनताको माया ममताले दुई पटक मर्मत भ्याए
कयौँ शक्तिको भूईचालोले जोगियो यो पाँचतल्ले
पूर्खाको कौशलले प्रकृतिमा हाँकले थडाएको आवतजावत गर्ने वटुवाले रोकिरोकी हेर्ने गजूर
जनताको बलवुत्ताले भूपतिन्द्र मल्ले थडाए
जनताको बाहुबलमा थडिएको पाँचतल्ले
भक्तपुर नगर पालिकाको अगुवाईमा शुरू
स्थानीय उपभोक्ताको कृयाशिलतामा मर्मत
जनता भन्छ नगर पालिकाले लगानी गरे ?
ज्याला त पाउँछ होला ? सरसमानलाई मात्र जनप्रतिनिधीहरू दूरदर्शि विचारका पक्कै
जनता नङ्ग र मासु झै सामिप्यतामा वस्न जानेका
जनता जनप्रतिनिधीसंग मित्रता गाँस्न आतुरका
हो जनताले वनाएका बलियो र टिकाउ मानिएका
मठमन्दिर जनताको साथ पाएर टिकेका आहा !
पाँचतल्ले,भैरवनाथ र टौमढीमा कति सुहाएका
जताका आएनि पाँचतल्ले मन्दिरको आकर्षण !
आहा !क्या अच्चम भक्तपुरको पाँचतल्ले मन्दिर
जो पनि आश्चर्य चकित मानिमानी अवलोन गर्ने
चन्दा राख्ने नी अति रमाईलो मानीमानी दिने
दान पुन्य गर्दा आनन्द मानी वटुवाहरू जाने
जस्तो जेहोस्
पूर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र सस्कृति त्यो नै हाम्रो जर्गेना र संरक्षणमा निरन्तरतामा
या हो तपाईको योगदानको कदरताको माहनता
चन्दा महान हृदय विशाल मन्दिरको वचाऊमा ।
व्यासी स्(२ भक्तपुर ,नेपाल
२०७७ ३र१५ गते ,