योग र संगीत दिवस
असार ७, २०७८, सोमबार | विहान ११:३६ बजे | 45
सुनिल सापकोटा
आज अन्तर्राष्ट्रिय योग दिवस र संगीत दिवस हो। योग र संगित दुबै एक अर्काको बिरोधी होइनन् , बरु पुरक हुन। पहिले योग लाई आत्मा र परमात्मा संगको मिलन बाट निस्किने अलौकिक संगीत मानिथ्यो। तर अचेल योग लाई शरीर स्वस्थ राख्ने उर्जावान साधन सम्झिईन्छ भने संगीत लाई मन मस्तिष्क लाई निर्मल र आनन्द राख्ने विषय मानिछ । शरीर बिरामी भयो भने हामी योगको शरणमा जान्छौं । तर मन उदास या अवसाद भयो र दुःख आइ प¥यो भने, त्यस्तो बेला संगीत आत्मा लाई उत्तम उपचार गर्ने माध्यम हुन सक्छ होला भन्ने मलाइ लाग्छ ।
मेरो बिचारमा मनुष्य जीवनमा योग र संगीत दुबै चाहिन्छ । यी दुइ कुराको मेल बाट नै माया – प्रेम र उदात्त मानविय भावनाको एउटा पूर्ण मानिसको ब्याक्तित्वले जन्म लिन्छ । देवहरुको देव महादेव या भनौं भगवान् आदियोगी शिवजी योग र संगीतको जन्म दाता हुनुहुन्थ्यो भनिन्छ । शिवको डमरु बाट निस्केको आवाज नै सृष्टिको पुरानो राग थियो भन्ने हामी हिन्दुधर्मावलम्बी को मान्यता छ । त्यस्तै योगेश्वर श्री कृष्णको योग साधना र बाँसुरीको धुनले पनि प्रेम राग पनि त्यो बेला जगाउँथ्यो अरे । आज योग र संगीत दिवस हो भन्ने कुरा मैले बिर्सेको थिए। दिउँसो फोनमा मलाइ बिबिध आयामहरुका ब्याक्तित्व योगि, कबि , दार्शनिक र प्राकृतिक चिकित्सक डा . इन्दुल केसी सरले मलाइ फोनमा कुरा गर्दा सम्झाइ दिनु भएकोमा येति लेख्न सके। अन्त्यमा , वहाँ प्रती आभार प्रकट गर्दै यी दुइटा दिवसको तपाईंहरु लाई समेत शुभकामना ब्यक्त गर्छु ।