भक्तपुर चेम्वरको आजको रक्तदान राममन्दिरमा, २७ प्याकेट रगत संकलन


असार ६, २०७८, आइतबार | दिउँसो ०२:०९ बजे | 30


भक्तपुर चेम्वरको आजको रक्तदान राममन्दिरमा, २७ प्याकेट रगत संकलन

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिको संयुक्त संयोजनमा संचालन भईरहेको सेवा परमो धर्म अभियान अन्तर्गत आज राम मन्दिर भक्तपुरमा भएको रक्तदान कार्यक्रममा २७ प्याकेट रगत संकलन भयो । उक्त कार्यक्रमा आज २ महिला र  २५ पुरुषले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रमको संयोजन भक्तपुर डाक्टरस् सोसाइटी र नेपाल नर्सिड्ड संघबाट भएको हो । साथै रक्तदान कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रुको विशेष सहयोग रहेको थियो । अभियानलाई सफल रुपमा सञ्चालन गर्नका लागि जिल्ला प्याब्सन भक्तपुर, भक्तपुर डाक्टरस् सोसाइटी, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, नेपाल नसिंड्ड संघ, सिबिआर भक्तपुर, भक्तपुर हार्ट एण्ड डायेवेटिक सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टि प्यालेस तथा क्याटरिड्ड संघ  र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लि. को सहकार्य रहदै आएको छ ।
सप्ताहव्यापी रुपमा भईरहेको उक्त रक्तदान कार्यक्रममा आषाढ ४, ५ र ६ गते गरी हालसम्म ११२ प्याकेट रगत संकलन भईसकेको छ । कार्यक्रम अन्तर्गत ७ गते मध्यपुरथिमि राधेराधे, ८ गते सल्लाघारी कम्प्लेस, सल्लाघारी, ९ गते नर्थ प्वाइन्ट मल, बोडे र १० गते च्याम्हसिंह भक्तपुरमा रक्तदान कार्यक्रम हुने भएको छ ।

Comments