समाजसेवी कुँंवरद्धारा राहत वितरण
असार ५, २०७८, शनिबार | साँझ ०४:१८ बजे | 25
काठमाडौ । हजुरलाई नमस्ते परोपकारी अभियानको आठौ चरणको राहत वितरण अन्तर्गत शनिबार काभ्रेको सिम्थली गाउँं विकास समितिका पाँंच सय २५ घरधुरीलाई राहत विरतण गरिएको छ । विपन्न गाउँंका सम्पूर्णबासीलाई राहत वितरण गरिएको हो । अभियानका संयोजक ताराबहादुर कुँंवरले विभिन्न सामानहरु वितरण गरिएको हो । यसअघि पनि अभियानले काठमाडौंका विपन्न कोरोनापीडित वर्गहरुलाई राहत विरतण गर्दै आएको छ । मजदुर, रिक्सा चालक, एकल महिलालगायतका अति विपन्न वर्गलाई राहत वितरण गर्दै आएको हो । समाजसेवी ताराबहादुर कुँंवरको सक्रियतामा राहत वितरण गर्दै आएको हो । यो पटक उनको पुख्र्याैली गाउँं सिम्थलीमा राहत वितरण गरिएको हो ।