क्यान्सरपीडित श्रीमानको मृत्युपछि श्रीमतीद्धारा अस्पतालमै आत्महत्या
असार ४, २०७८, शुक्रबार | विहान ०९:५५ बजे | 60
काठमाडौं– ललितपुरको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत क्यान्सर पिडित श्रीमानको मृत्यु भएपछि श्रीमतीले अस्पतालमै आत्महत्या गरेकी छिन्।
श्रीमान लालबहादुर पुनको मृत्यु भएपछि श्रीमती दिकमाया पुनले अस्पतालको चौथो तलामा रहेको बाथरुममा झुण्डिएर आत्महत्या गरेको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।
४५ वर्षीय लालबहादुर कोरोना संक्रमित पनि थिए। जेठ १९ गते उक्त अस्पतालमा भर्ना गरिएका उनलाई भोलिपल्ट गरिएको कोरोना परिक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो। बाथरुम नखोलिएपछि फोरेर हेर्दा ४३ वर्षीय दिकमाया झुण्डिएको अवस्थामा फेला परेको एसएसपी बज्राचार्यले बताइन्।
पुन दम्पत्तीका छोरा छोरी छैनन्