भोलि मध्यपुर नगरभरि एन्टिजिन परीक्षण


असार ४, २०७८, शुक्रबार | विहान ०४:५५ बजे | 25


भोलि मध्यपुर नगरभरि एन्टिजिन परीक्षण

मध्यपुर थिमि । भोलि शनिबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ देखि ९ सम्म सवैतिर एन्टिजिन परीक्षण हुने भएको छ । एउटा वडामा एउटाएउटा बुथ राखी परीक्षण गर्ने भएको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।
मध्यपुर थिमि नगरपालिकाको आयोजना, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापनमा परीक्षण हुन लागेको हो । सवैतिर गरेर १० हजार जनाको परीक्षण गर्ने योजना बनाइएको छ । यसका लागि जनस्वास्थ्य, रेडक्रस, स्काउटले सहकार्य गर्ने जनाएको छ ।

Comments