पछिल्लो समय साना सीसीका सवारीसाधन हुन या ठूला नयाँ प्रविधि अत्यावश्यक नै हुन्छ। अहिले दुई तथा चार पांग्रे सवारीमा आवश्यक्ता अनुसारका प्रविधि र फिचर दिइएको हुन्छ जसले गर्दा चालकलाई कम्फर्ट फिल गराउछ।
त्यस्तै, फिचर र प्रविधिमध्येको एक हो, एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस)। मोटरसाइकललाई सुरक्षित बनाउन प्रयोग हुने एबीएस भारतले १५० सीसीभन्दा माथिका मोटरसाइकलमा अनिर्वाय गरेको छ।
विभिन्न दुर्घटना तथा खतरालाई जोगाउन यो प्रणाली मोटरसाइकलमा प्रयोग भएको हुन्छ। खासगरी भारतमा सबै किसिमका १५० सीसी क्षमताका मोटरसाइकलमा एबीएस फिचर उपलब्ध छन्। तर, नेपालमा आउने मोडलमा भने एबीएस फिचर हटाएर ल्याउने गरिएको छ।
जसको कारण जोखिमसँगै विभिन्न समस्या आइरहन्छ। सडक दुर्घटना न्यूनिकरण र मानव सुरक्षाको लागि अनिर्वाय गरिएको एबीएस फिचर थप भएर आउँदा १० देखि १५ हजार रुपैयाँ महंगो पर्ने भएकाले त्यस्ता फिचर सबै मोटरसाइकलमा नदिएको बिक्रेता कम्पनीहरु बताउदै आएका छन्।
जति नयाँ फिचर र प्रविधि थपियो त्यति नै सवारीसाधनको मूल्यमा पनि फरक पर्छ।
विशेषतः नेपालमा सर्वाधिक बिक्री हुने १५० सीसी सेग्मेन्टका बजाज पल्सर, टीभीएस अपाचे आरटीआर १६० फोर भी, यामाहा एफजेडएस भी टु, होन्डा यूनिकर्न, होन्डा एक्सव्लेड र हर्नेट जस्ता मोडलमा अहिले पनि एबीएस फिचर उपलब्ध रहेका छैनन्।
नेपालका मोटरसाइकल वितरकले पनि यो विषयमा उचित ध्यान दिएको पाइदैन।
भारतले अप्रिल १, २०१९ देखि नै १५० सीसी र त्यसभन्दा माथिका दुई पाङ्ग्रे सवारी साधनमा एबीएस अनिर्वाय गरेको थियो।
यही सेग्मेन्टमा रहेका बजाज पल्सर एनएस १६०, यामाहा एफजेडएस भि थ्री, सुजुकी जिक्सर १५०, टीभीएस आरटीआर १६० फोर भिको एउटा भेरियन्टमा भने एबीएस फिचर उपलब्ध रहेको छ।
यसकारण आवश्यक छ एबीएस
एन्टीलक ब्रेकिङ सिस्टम अर्थात् एबीएसले सवारी गुडिरहेको बेला अचानक ब्रेक लगाउनु पर्दा मोटरसाइकललाई चिप्लनबाट रोक्ने सुरक्षा फिचर हो।
यो प्रणालीको विकासले अचानक ब्रेक लगाउदा चिप्लेर हुन सक्ने सम्भावित दुर्घटनालाई कम गर्न सहयोग पुगेको छ।
एबीएसमा ह्वील स्पीड सेन्सर हुन्छ, जसले सवारी गुडिरहेका बेला तत्काल ब्रेक लगाउँदा एकैपटक चक्कालाई लक हुन दिँदैन।
जब ह्वील लक हुन खोज्छ, त्यति बेला हाइड्रोलिक भल्भ सिरिजले ब्रकिङलाई नियन्त्रण गर्ने र सवारीलाई चिप्लनबाट रोक्ने काम गर्छ।

...

All Comments.......


Please Login/Register To Comments