चुपिंघाट क्षेत्रका संरक्षणमा चासो


असार १४, २०७७, आइतबार | विहान १०:५३ बजे | 55


भक्तपुर । भक्तपुरको चुपिंघाट क्षेत्रका संरक्षणमा भक्तपुर नगरपालिकाले चासो व्यक्त गरेको छ । भक्तपुर नगरपालिका वडा नं ५ स्थित ल्योसिंखेलमा पर्ने यो क्षेत्रको संरक्षणमा उक्त वडाका वडाअध्यक्ष र सदस्यहरु त्यहा पुगेर वुझ्न पुगेका छन् ।
वडा नं ५ का वडा अध्यक्ष रामगोपाल कर्माचार्य र वडा सदस्य पूर्णगोपाल राजचल चुपिंघाट क्षेत्रमा पुगेर स्थानीयसँंग बुझेका छन् । त्यस अवसरमा उनीहरुले यस क्षेत्रको संरक्षणका लागि नगरपालिका तथा वडा कार्यालयले सहयोग गर्ने वचन दिएका छन् । झण्डै एक घण्टा भन्दा वढी समय स्थानीयसँंग समस्याबारे बुझेका उनीहरुले संरक्षणका लागि आफहरु प्रतिवद्ध रहेको प्रतिवद्धता जनाएका थिए ।
स्थानीय निकासको चासोप्रति स्थानीयले खुशी साटेका छन् । वर्षाैदेखिको समस्या समाधान हुने देखेर उनीहरु मख्ख पनि परेका छन् ।
ऐतिहासिक चुपिंघाट क्षेत्र वेवास्तमा परेका कारण यहाँंको ठूलो क्षेत्र घाँंसे मैदानमा परिणत छ । यहाँंका मठमन्दिर धेरै भत्केका जीर्ण भएका छन् भने कयौं ढुंगाका मूर्तिहरु हराएका छन् । साथै हनुमन्ते खोला छेउ रहेको यहाँं रहेको एउटा भजन घर प्रत्येक वर्ष वाढीमा डुवाउने गरेको छ । यसले भजनका हार्माेनियम, तवलालगायतका बाद्यवादन पानीले भिर्जार विग्रने गरेको छ ।

Comments