बोडेकी चार वर्षीया बालिकामा कोरोना पुष्टि
असार १३, २०७७, शनिबार | साँझ ०४:०३ बजे | 60
भक्तपुर । भक्तपुरको मध्यपुर थिमिस्थित बोडे निलबाराही बस्तीका ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जंनसख्या मन्त्रालयले भक्तपुरका एकजनामा संक्रमण देखिएको भनिएकोमा भक्तपुरको मध्यपुर थिमि–९ का ४ वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बालिकालाई पेट दुखेपछि काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा थप उपचारको लागि लगिएको थियो । उनको एपेन्डिसाईटिसको अपरेसन गर्नु पर्ने भएपछि अस्पतालले असार ११ गते स्वाबको नमुना संकलन गरि परीक्षणका लागि पाटन अस्पताल लगिएको थियो । स्वाबको रिपोर्ट नआएसम्मका लागि बालिकालाई औषधी दिएर घरमै फर्काइएको मध्यपुर थिमि नगरपालिकाकाले जनाएको छ । उनको स्वाब संकलन गरेको २ दिनपछि शनिबार संक्रमण पुष्टि भएको हो । अहिले संक्रमित बालिकालाई थप उपचारको लागि अस्पताल लैजाने र घर सिल गर्ने तयारी भइरहेको जनाइएको छ । बालिकाको परिवारलाई भने होम क्वारेन्टिनमा राखेर स्वाब संकलन गरिने जनाइएको छ ।