पाँचतल्ले मन्दिर जिर्णाेद्धारमा अहिलेसम्मकै सवैभन्दा वढीको जनश्रमदान
असार १३, २०७७, शनिबार | दिउँसो ०३:३६ बजे | 15
भक्तपुर । भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिरमा शनिबार अहिलेसम्मकै सवैभन्दा वढी दुई सय जना भन्दा वढीले जनश्रमदान गरेका छन् । जनश्रमदान गर्नेहरुमा महिलाको संख्या अत्याधिक छ ।
शनिबार दुई समूहको जनश्रमदानमा आउने पालो थियो । ती दुई समूहबाहेक नाम नलेखाइकन स्वइच्छाले जनश्रमदानका लागि आएकाहरु अत्याधिक आएकाले शनिबार सवैभन्दा वढी जनश्रमदान भएको हो ।
पाँंचतल्ले मन्दिर जिर्णाेद्धार कार्य सम्पन्न हुन लागेकोले आफूहरुले जनश्रमदान गर्न नपाउँंलान् भनी जनश्रमदान गर्न आएको सहभागीहरुले बताएका छन् । संसारमै परिचित मन्दिरको जिर्णाेद्धारमा आफनो पनि योगदान स्मरणीय र गर्विलो हुने भएकाले जनश्रमदान गर्न पुगेको उनीहरुले बताएका छन् । जनश्रमदानमा जुटेकाहरुमध्ये अधिकांश महिला देखिएका थिए ।
जनश्रमदानका साथै आर्थिक सहयोग गर्नेहरु पनि उतिकै रहेका छन् । तमखूले अहिलेसम्म झण्डै एक सय २० जना दाताहरुबाट करिव १० लाख रुपैयाँं बराबरको आर्थिक सहयोगको प्रतिवद्धता प्राप्त भएको जनाए । त्यसमध्ये धेरैजनाले सहयोग दिइसककेो र केहीबाट दिन बाँंकी भएको उनले सुनाए ।
मन्दिरको जिर्णाेद्धार कार्य मंसिर २५ गतेदेखि सुरु गरिएको थियो । त्यस क्रममा चैत ११ को लकडाउनसँंगै जिर्णाेद्धार कार्य रोकिएको थियो । त्यसपछि वैशाख ५ देखि लकडाउनकावीच पनि जिर्णाेद्धार कार्य सुरु गरिएको थियो । मन्दिरको जिर्णाेद्धार कार्यमा अहिलेसम्म करिव एक हजार तीन सय भन्दा वढीले जनश्रमदानमा जुटेको बताइएको छ ।
भक्तपुर नगरपालिकाको ६५ लाख १३ हजारको लागत इष्टमेटमा जिर्णाेद्धार कार्य सुरु गरिएको थियो । जनश्रमदान र आर्थिक सहयोग संकलन भएकाले लागत इष्टमेट भन्दा निकै कममा मन्दिरको जिर्णाेद्धार कार्य सकिने अनुमान गरिएको छ ।
यही महिनाबाट तीन सय २० औं वर्षमा प्रवेश गरेको यो मन्दिर नेपालकै सवैभन्दा अग्लो मन्दिर हो । मन्दिरको उचाई जमिनबाट एक सय आठ फिट अग्लो रहेको बताइएको छ ।