एन्फाले भक्तपुर जिल्ला फुटबल संघ बिघटन विरुद्ध एन्फा अनुशासन समितिमा निवदेन पेश
असार १२, २०७७, शुक्रबार | दिउँसो ०१:३९ बजे | 10
एन्फाले भक्तपुर जिल्ला फुटबल संघ बिघटन विरुद्ध एन्फा अनुशासन समितिमा निवदेन पेश
भक्तपुर । भक्तपुर जिल्ला फुटबल संघलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले असार २ गतेको बैठकले एन्फाको विधान विपरित विघटन गरी तदर्थ समिति गठन विरुद्ध एन्फा अनुशासन समितिमा निर्णय बदरको लागि अध्यक्ष गौतम सुजखु सहितको संघका पदाधिकारीहरु, ललिपुर जिल्ला अध्यक्ष पुरुषोतम थापा र दाधिड्ड जिल्ला अध्यक्ष्ँ दिपक खतिवडा सहितको टिमले निवेदन महासचिब ईन्द्रमान तुलाधरलाई एन्फा कमप्लेक्स सातदोबाटोमा एक समारोह बीच शुक्रबार हस्तातरण गर्नुभयो ।
निवेदनमा भनिएको छ भक्तपुर जिल्ला फुटवल संघ अखिल नेपाल फुटवल संघ(एन्फा)का प्रतिनिधि संजिब मिश्र लगायतको उपस्थितिमा मिति २०७४ चैत २७ गते साधारण सभा सम्पन्न भयो । उक्त साधारणसभाबाट गौतम सुजखुको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भयो । तत् पश्चात भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिहरु उपस्थित भई एन्फाको मिति २०७५ बैशाख २२ गते १६ औ साधारणसभाबाट हालको अध्यक्ष कर्मा छिरिड्ड शेर्पा निर्वाचित भएको थियो भन्ने भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिहरु उपस्थित भई अखिल नेपाल फुटबल संघको १७ औं बिशेष साधारणसभा चितवनमा २०७५ श्रावण ३० गते सम्पन्न भयो भने त्यसपछि मिति २०७६ चैत ९ गते साफ महिला फुटबल प्रतियोगिता बिराटनगरमा भएको बेला साधारणसभा समेतमा यस संघबाट प्रतिनिधिहरुको सक्रिय सहभागी भयो ।
भक्तपुर जिल्ला फुटबल संघले विभिन्न फुटबल प्रतियोगिताहरु संचालन गर्यो । एन्फाको मिति २०७६ श्रावण १४ गते आपतकालिन समितिको बैठकबाट छानविन समितिले दिएको प्रतिवेदनको आरोप निराधार रहेको साथै संघको बैठक बसी जिल्ला लिग सञ्चालनमा क्लब दर्ताको लागि स्थानीय पत्रिकामा १० दिनको म्याद राखी सूचना पठाएको सोहि अवधिमा दर्ता गरेको टिमक्लब राखी लिग सञ्चालन गरेको र नियम पक्रिया नपु¥याई दर्ता गर्न आएको टिम क्लबलाईमात्र दर्ता नगरेको हो । सो सम्बन्धमा छानबिन समितिका प्रतिनिधि मधुसुदन उपाध्यायलाई भक्तपुर आउ“दा धारा २१ उपधारा ३ (क) र (ट) अनुसार रहेको प्यान सहितको टिमक्लब दर्ताको कागजात पेश गरेको थियौं । साथै लिग संचालनको लागि एन्फाबाट प्रेशित प्रतियोगिता नियमावलीले जिल्ला संघलाई दिएको अधिकार प्रयोग गरी जिल्ला संघको निर्णय भए अनुसार सो नियमावलीको अन्तमा क्लबहरुको जानकारीको लागि मात्र प्रतियोगितामा क्लब दर्ता र धरौटी शुुल्क र लिगको अन्तिम निर्णायक अधिकार जिल्ला संघलाई हुने भनि नियमानुसार आवश्यक बुँदाहरु थप गरी टिमक्लबलाई पत्राचारसम्म गरेको हो । एन्फाको नियमावली सच्चाएको वा विधान तथा नियमावली विपरितको कुनै पनि कार्य गरेको छैन, होइन् ।
साथै यस संघले धारा १४(१)(क) अनुसार एन्फाको विधान, नियमावली, निर्देशिका तथा निर्णय पालना तथा दायित्व बहान भएको छ । साथै १४(१)(ट) बमोजिम सदस्यहरुको लगत नियमित रुपले ब्यवस्थित गर्ने कार्य पनि भएको छ । बरु विगत केहीं समयदेखि एन्फा कार्यसमितिले निजि स्वार्थलाई सर्वोपरी ठानी विधान विपरित र आर्थिक अनियमियतता गरेको तथा सदस्य संघहरुलाई निषेधको व्यवहार गर्ने गरेको हु“दा हामी एन्फाका जिल्ला सदस्य संघहरुले यस विषयमा छानबिन गरी कार्यवाहीको माग गर्दै सम्मानीय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संघीय संसदको सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय खेलकुद परिषद लगायतको निकायमा उजुरी समेत दर्ता गरेका छौं । एन्फाको कार्य समितिले गरेको अनियमितता लगायतको कार्य विरुद्ध फुटबल र एन्फाको हितमा आवाज उठाउँदा कमी कमजोरीहरुलाई सच्याउनु पर्नेमा उल्टै रिसइवी साध्ने बदनियतले मात्रै एन्फाको विधान विपरित यस भक्तपुर जिल्ला फुटबल संघलाई मिति २०७७ असार २ गते एन्फा कार्य समितिको बैठकले एन्फाको विधानको धारा ५४ अनुसार एन्फा सदस्य भक्तपुर जिल्ला फुटबल संघको कार्य समितिलाई प्रतिस्थापन गर्ने भनी गरेको निर्णय एन्फा विधान विपरित हँुदा अन्यायपूर्ण छ ।
एन्फा विधानको धारा ५४ ले कार्यसमितिले आवश्यक देखेमा खास काम र निश्चित अवधिको निम्ति तदर्थ समितिहरु गठन गर्न सक्ने ब्यवस्था गरेको हो । एन्फा कार्यसमितिले २०७७।०३।०२ गते निर्णय गरिएको भनिएको भक्तपुर जिल्ला फुटबल संघलाई प्रतिस्थापन गर्ने अधिकार विधानले एन्फा कार्यसमितिलाई छैन । यसरी विधान विपरित हचुवा भरमा गरेको प्रतिस्थापनको निर्णय बदर भागी छ । साथै एन्फा विधान को धारा ३६ ले पनि एन्फा कार्यसमितिलाई कुनै सदस्यलाई प्रतिस्थापन गर्ने अधिकार दिएको छैन । एन्फा विधानको धारा १०, १५, १६ बमोजिम एन्फाका कुनै सदस्यलाई निलम्बन, निस्कासन गर्न परेमा वा धारा ३९ बमोजिम बर्खास्ती गर्न परेमा एन्फाको कंग्रेस(साधारण सभा)ले मात्रै गर्न सक्ने ब्यवस्था गरेको हँुदा साथै धारा ७१ बमोजिम पुनरावेदन समितिमा पुनरावेदनको मौका दिने समेत उल्लेख नगरी एन्फाको बिधान विपरितको २०७७ असार २ को एन्फा कार्यसमितिले निर्णय एन्फाको विधान विपरितको गैरकानूनी, बदनियतपूर्ण हँुदा बदर गरी पाउ।
साथै एन्फा विधानको धारा ७४ को अनुसाशन तथा कारवाही गर्दा सदस्यलाई स्पष्टिकरण लिई सुनुवाईको मौका दिएपछि मात्र आवश्यक परे चेतावनी, नसिहत, जरिवाना गर्ने, ब्यक्तिलाई भए सजग गराउने, निस्काशन तथा निलम्बन गर्ने प्रकृया केही नगरी हचुवा भरमा ठाडै एन्फा विधान विपरित प्रतिस्थापन गर्ने भनी अन्य मानिसहरुको तदर्थ समिति गठन गर्ने कार्यसमितिको निर्णय बदरभागी हँुदा बदर गरी गौतम सुजखु अध्यक्ष रहेको जिल्ला कार्यसमितिलाई यथावत कायम गरी पाउन आवश्यक निर्णय, निर्देशन, आज्ञा आदेश गरी पाउ ।
यसरी यस भक्तपुर जिल्ला फुटबल संघलाई कुनै स्पष्टिकरणको मौका अर्थात निष्पक्ष सुनुवाईको मौका समेत नदिई हचुवा तथा पूर्वाग्रह राखी गरेको असार २ गतेको निर्णय एन्फा बिधान विपरितको हँुदा उक्त निर्णय बदरभागी छ । साथै एन्फा कार्य समितिले भक्तपुर जिल्ला फुटबल संघलाई विघटन गरी नयाँ तदर्थ समिति गठन गर्न पाउने कुनै पनि अधिकार विधानले प्रदान गरेको छैन् । तर पनि एन्फा कार्यसमितिले विधान विपरित भक्तपुर जिल्ला फुटबल संघलाई विघटन गरी फुटबल र खेलाडीसमेतलाई क्षति पु¥याउने काम गरेको हुदा न्यायका लागि निवेदन साथ उपस्थित भएका छौं । अतः विधान विपरित एन्फा कार्यसमितिको मिति २०७७ असार २ गतेको निर्णय बदर गरी गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघलाई यथावत काम गर्न दिनु दिलाउनु पर्ने उपर्युक्त निर्णय वा आदेश गरी पाऊ भनि निवेदन पेश गरेको संघका उपाध्यक्ष रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो साथै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवाल र युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री जगत बहादुर विश्वकर्मालाई पनि निवेदन पेश गर्ने बताउनुभयो ।