बलात्कार मुद्धामा ८४ वषीय बृद्ध पक्राउ
जेठ २०, २०७८, बिहीबार | दिउँसो ०१:४६ बजे | 35
जबरजस्ती करणी मुद्दामा सात वर्ष बढी जेल सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ८४ वर्षीय रामु केसीलाई प्रहरी बिहीबार बिहान घरबाटै नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार २०७६ मंसिर २६ गते जबरजस्ती करणी मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले ७ वर्ष ५ महिना ८ दिन कैद सजाय तोकेको थियो। साथै, दुई लाख २५ हजार जरिवाना समेत तोकेको थियो।
अदालतको फैसला लगतै केसी फरार भएका थिए। पक्राउ परेका केसीलाई बिहीबार नै अदालतमा पेश गरिएको थियो। अदालतको आदेश कार्यान्वयनको लागि कारागार चलान गरिएको डिएसपी रिजालले बताए।