भक्तपुर एन्फा विघटनविरुद्ध भक्तपुरका टिम क्लबहरु एकबद्ध


असार १२, २०७७, शुक्रबार | विहान ०९:५८ बजे | 65


भक्तपुर । भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले असार २ गतेको बैठकले एन्फाको विधान विपरित जिल्ला संघ विघटन गरी तदर्थ समिति गठन गरेको विरोधमा ३३ वटा टिम क्लबका प्रतिनिधिहरु, प्रशिक्षकहरु, रेफ्रिहरु, फुटबल खेलाडीहरु र खेलप्रेमीहरुको भेला नेमकिपाका केन्द्रीय सदस्य एवं बागमति प्रदेशका सभासद् माननीय सुरेन्द्र राज गोसाईको प्रमुख आथिथ्यतामा गोल्मढीमा सम्पन्नभयो ।

कार्यक्रममा प्रमुख अतिथि सभासद् सुरेन्द्र राज गोसाईले विष नभएको सर्प हुदैन ईख नभएको मान्छे नहुने बताउदै गलत ढंगले विघटन गरेको विरुद्ध कानुनी संघर्ष गर्नु पर्ने बताउनुभयो । उनले हामी अरुभन्दा योग्य, इमान्दारी, नैतिकवान हुनु पर्ने बताउदै अन्यायको विरुद्ध बोले यो नेमकिपाको होला भनि विल्ला लगाउने गरेको सर्वविदित्तै भएको बताउनुभयो । उनले काठमाण्डौं उपत्यकाका आदिवासी मेहनतिका साथ काम गर्ने तर बाहिरबाट आएका माथिल्लो जातले मालिक्याई देखाउने गरेकोले प्रदेश सरकारले बजेट गुट भित्रको पनि छोटा राजाहरुको भएको र सत्ता पक्षले नै संसदमा बजेत समाजवाद उन्मुख नभएको कुरामा सहमति जनाएको बताउनु भयो । उहाले संख्यात्मकभन्दा गुणात्मकमा जोड दिदैं योग्य र इमान्दार भए कम आकलन  र नजरअन्दाज गर्न नसक्ने र निषेध गरेर जान नसक्ने बताउनुभयो । उहले अरुको पछि नलागि आफ्नै खुट्टामा उभिएर खेलकुदको विकास गर्नु पर्ने बताउदै बहादुर देखाउनु भन्दा देश र जनताको निम्ति काम गर्नु पर्ने बताउनु भयो । उनले पंञ्चायति तानाशाहीले फासिं दे भन्दा पनि पछि नलागि विरोधमा लाग्ने पूर्खापिताले सिकाएको नैतिकता, सिद्धान्त र विचारमा अडिग भई अगाडि बढ्नु पर्ने बताउनु भयो । उनले व्यापार युद्ध, दक्षिणी चिनिया सागरमा अल्झाउन नसकेपछि चीन र भारतलाई लदाखमा फसाउने अमेरिकाको चाल रहेको साथै एमसीसी नेपाललाई स्प्रिड्ड बोर्ड बनाई अमेरिकाले चीनलाई हान्ने योजना सहित आएको भन्नुभयो ।
[[img2]]
त्यस्तै कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् पूर्व नगर खेलकुद समितिका संयोजक तथा वडा नं ७ का वडाध्यक्ष उकेश कवाँले हरेक ठाउँमा राजनीति हुन्छ तर सत्य र इमान्दारीको राजनीति हुनुपर्ने बताउनु भयो । उनले प्रजातन्त्रको नाममा कामदार जनतालाई नै दबाउने बताउँदै सत्रु चुप लागेर नबस्ने भएकोले रुसमा समाजवादको अस्थायी हार भएको बारे बताउनुभयो । उनले जिल्ला संघ निष्क्रिय भए त्यो ठाउँ अरुले लिने भएकोले सकृयता पूर्व फुटबल विकासमा लाग्नु पर्ने बताउँदै सिमित श्रोत साधनको अधिकतम प्रयोग गरी एकता प्रदर्शन गर्न सके बलियो हुने बताउनु भयो । उनले राखेप र केन्द्रीय खेलकुद संघहरु गुण्डागर्दी र भष्ट्राचारका साथै चुनावमा हत्याहिंसाको प्रयोग गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नगर खेलकुद समितिका संयोजक एवम् वडा नं १ का वडाध्यक्ष श्याम कृष्ण खत्रीले नगरपालिकाको खेलकुदको बजेट बारे बताउनुभयो । कार्यक्रममा भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखुको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामकृष्ण प्रजापति र उपाध्यक्ष एवम् पूर्व राष्ट्रिय खेलाडी सुनिल प्रजापतिले एन्फाले विधान विपरित भक्तपुर जिल्लालाई विघतन गरेको बारे बोल्नुभयो ।
[[img3]]




फाेटाेमा हेर्नुहाेस्...

Comments