कृषिमा उत्पादन मुलक कार्यक्रम र उचित नीतिको खाँचो


जेठ १९, २०७८, बुधबार | दिउँसो ०१:१८ बजे | 55


कृषिमा उत्पादन मुलक कार्यक्रम र उचित नीतिको खाँचो

काठमाडौं । कृषि क्षेत्रका विज्ञ तथा व्यबसायीहरुले व्यबसायीक कृषिका लागि उत्पादन मुलक कार्यक्रम र नीतिको खाँचो औल्याएक ाछन् । उनीहरुले कृषिको बजेट र अनुदानमा समानताको आबश्यकतामा पनि जोड दिएका छन् । मिडिया इन्टरनेसनलले बुधबार आयोजना गरेको वेवीनार कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिवडा.योगेन्द्र कुमार कार्कीले मन्त्रालयले साना र सिमान्तकृत किसानका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मन्त्रालयले १० लाख भन्दा कम रकम सहुलियत व्याजदरमा किसानलाई उपलब्ध गराउने विषयमा बैंकहरुसँग छलफल गरिरहेकाछौं ।’
कृषि बीमाको कभरेजलाई कसरी बढाउने भन्नेमा आफुहरु लागि परेको भन्दै सचिवकार्कीले कृषि ज्ञान केन्द्र मार्फत यस विषयमा किसानहरुलाई सूचना  दिनुपर्ने बताउनुभयो ।
उहाँले संघ, प्रदेश र स्थानीयतहमा अनुदानको दायरा एउटै हुनुपर्ने भन्दै यसले एक रुपताआउने र दोहोरपना घट्ने बताउनुभयो ।
उहाँले कोभिड १९ को कारण कृषिमा परेको असरलाई कसरी समेटेर लैजाने भनेर मन्त्रालयले योजना बनाएको बताउनुभयो । विदेशी राष्ट्रले गरेका कृषिका प्राटिक्सलाई सिक्दै अगाडी बढाउँदै जानुपर्ने उहाँको भनाई छ । उहाँले प्राङ्गारिक, जैविक मल लगायतका कृषि सम्बन्धी राम्रा कार्यक्रमहरु आए पनि त्यो प्रयाप्त भने नभएको बताउनुभयो । सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ कालागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट तुलनात्मक रुपमा सन्तोषणजनक रहेको उहाँको भनाइ छ । उहाँले आर्थिक अध्यादेश प्रमाणीकरमा सरकारले कृषकहरुलाई छुटको दायरा बढाएको बताउनुभयो ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालकाअध्यक्षतथा बरिष्ठ उद्यमी पवन गोल्यानले  कृषि क्षेत्रमा साना किसानको विकासमा टेवा पु¥याउनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले सरकारले कृषिमा छुट्याएको बजेट वास्तविक कृषकसम्म पुग्न नसकोको बताउनुभयो । कृषिमा सीप, मल, कृषियन्त्र, सिँचाइको अभाव र बजारीकरणको समस्या रहेको भन्दै बजेट जतिसुकै आएपनि केहि नहुने बताउनुभयो । उहाँले कृषिको प्रशोधन, उत्पादन भएका बस्तुको बजारीकरणका लागि संरचना बनाउनुपर्ने बताउनुभयो । कृषिकर्जा प्रवाहमाआफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता यक्त गर्दै उहाँले कृषिका लागि आन्दोलन नै आबश्यक भएकोमा जोड दिनुभयो । ‘उत्पादन गर्ने व्यक्ति सबै समानछन्् सबै कुराको विकास भयो, तर उत्पादन र कृषिको व्यबसायमा विकास भएन, यसका लागि आन्दोलन नै गर्नु परेपनि म तयार छु’
सोही कार्यक्रममा वरिष्ठ कृषि उद्यमी गुणचन्द्र विष्टले कृषिको बजेट परम्परागत भन्दा माथि जान नसकेको बताउनुभयो । उहाँले सरकारले ल्याएको बजेटमा पैसा थुपार्ने भन्दा केहि नयाँ कार्यक्रम नदेखिएको उल्लेख गर्नुभयो । ‘कृषिमा बजेट केहि पनि छैन, ६० प्रतिशत कृषिमा आश्रीत हुँदाबजेट ३ प्रतिशत पनि छैन’उहाँले भन्नुभयो । त्यस्तै कफी व्यबसायी महासंघका संस्थापक अध्यक्षएवं कफी उद्यमी ढकेश्वर घिमिरेले कफि क्षेत्रमा नीतिगत, अनुसन्धान तथा उत्पादन बढाउने विषयमा समस्य ाभएको बताउनुभयो ।
मिडिया इन्टरनेसनलका अध्यक्षमा धवनिर्दोषको अध्यक्षतामा भएको कार्यक्रममा कृषकहरु फनि नारायण अर्याल, गोविन्द प्रसाद आचार्य, बुद्धलामा, भोजराज श्रेष्ठ, नारायण प्रसाद पंगेनी, यम कार्की, राजन गैरे, सरिता श्रेष्ठ, शान्तलामा, माया तिवारी, श्रीकृष्ण अधिकारी, पृथ्वी भुजेल लगायतले कृषिमा अनुदान आए पनि पहुँचवालाको हालिमुहाली भएको भन्दै साना किसानको पहुँच राज्यसँग पुग्न नसकेको गुनासो गर्नुभएको थियो ।

Comments