मध्यपुर थिमि नगरपालिकाद्वारा संचालित अस्पताल अक्सिजन आत्मनिर्भरतातिर
जेठ १९, २०७८, बुधबार | विहान ०८:१९ बजे | 35
भक्तपुर । कोभिड १९को दोस्रो लहरसँगै अक्सिजनको अभावका कारण उपचार पाउन नसकेको हालको परिस्थितीलाई केही सहजीकरण गर्ने उद्देश्यले कोडिभ १९ यापिड एक्सन टास्कफोर्स समुहबाट नेपाल राईजिङ्ग अमेरिका रइन्गेज नेपालको आर्थिक सहयोग र गुथिको सहकार्यमा मध्यपुर ठिमी नगरपालिकास्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका लागि मेयर मदनसुन्दर श्रेष्ठलाई १० लि.को ६३ थान हाइपर फमेन्स अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरियो ।
अक्सिजन कन्सनट्रेटरको हस्तान्तरण पश्चात मेयर श्रेष्ठले अब नगरपालिकाका विरामी कसैले पनि अक्सिजनको अभावमा उपचार नपाउने चिन्ताको अन्त्य भएको जानकारी दिए । उनले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना भएसँगै कोभिड १९ का विरामीहरुलाई गुणस्तरीय अक्सिजन सहज भएको जानकारी दिए । उनले भौतिक संरचना पर्याप्त भएता पनि हाल अक्सिजनको अभावमा अस्पतालले दिनुपर्ने सेवा सुविधा दिन नसकिरहेको अवस्थालाई चिर्दै अव अक्सिजन कन्सन्टे«टर मेसिन प्रयोग गरी अस्पतालमा ६५ बेड तुरुन्तै संचालनमा ल्याउने कुरा राखे ।
आज कोभिड महामारीले एक व्यक्ति र एक घरलाई मात्र क्षति नगरि विश्वभरिका जनताहरुमा त्रास र समस्या निम्त्याएको छ । हरेक दिन कोभिड संक्रमणका कारण मृत्युवरण भएको समाचारले समाज, देश मात्र नभई विश्वभरिका मानिसहरुलाई कमजोर बनाईरहेको समयमा अक्सिजन सिलिण्डरको सहयोग गरी मानिसको जीवन बचाउन थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको कुरा बताउँदै चाडै नै यस्तो भयावह अवस्थाको अन्त्य हुने र विश्व नै सामान्य जिवनतर्फ फर्कनेमा आफु आशावादी भएको धारणा गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले व्यक्त गर्नुहुँदै सबै जनालाई यस्तो मुस्किल समयमा आफ्नो घरभित्रै सुरक्षित बस्न र आफ्नोतर्फबाट सकिने सहयोग देश जनता र आफ्नो समाजका लागि गर्नुहुन अनुरोध गरे । उनले विदेशमा रहेका नेपालीहरुले कोष स्थापना गरि संकलित रकम नेपालमा रहेका कोभिड संक्रमितहरुका लागि अक्सिजन कन्सनट्रेटर मेसिन वितरण गर्न सहयोग गरेकोबारे उनले जानकारी दिए ।
इनगेज नेपालका प्रतिनिधि डा. दिवेश कर्माचार्यले मध्यपुर ठिमी नगरपालिकाले नमुना अस्पताल संचालन गरेर महामारीको समयमा विरामीहरुलाई पु¥याएको सेवा अतुलनिय रहेको प्रसंसा गरे । नगरपालिकालाई आगामी दिनमा अस्पतालको प्रयोगशाला विस्तार गर्न, संक्रमित फोहोर बैज्ञानिक प्रविधिबाट व्यवस्थापन गर्न र आधुनिक सार्वजनिक शौचालय निर्माण गरि सेवा विस्तार गर्न थप सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
नेपालमा कोभिड १९संक्रमित ५२,८,८४८ को संख्यामा रहेका छ भने मृत्युवरण गर्नेहरुको संख्या ६,७०० पुगेको छ । हाल संक्रमितको संख्यालाई हेर्ने हो भने कहाली लाग्दो छ ।