जेल्लामा चोक मिची बनाएको खुड्किला भत्काइयो
जेठ १८, २०७८, मङ्गलबार | दिउँसो १२:३१ बजे | 20
भक्तपुर । कोभिड १९ को संक्रमणको महामारी फैलिरहेले सरकारले समेत कडाईका साथ निषेधाज्ञा लगाइ खाद्यान्न र किराना पसल समेत खोल्न नदिएको बेला भक्तपुर नगरपालिका वडा नं ८ जेल्ला(लानतले) बस्ने सत्यनारायण प्रजापतिले चोक मिचि खुड्किला बनाएको भनि एका विहान नगरपालिकाका कर्मचारीहरुले उक्त खुड्किला भत्काई ढुङ्गा समेत जफत गरि लगेको छ । जीवन मरणको अत्यास लाग्दो समयमा अनियमित गरी निर्माण गर्न लागेकोमा स्थानीयहरु समेत आक्रोशित थियो । मानिसहरु आफ्नो सुरक्षा कसरी गर्ने वा कोभिड १९ बाट कसरी बच्ने भने समयमा यस्तो अनियमित निर्माण गर्नु निन्दनीय भएको समेत स्थानीयले बताए । निज प्रजापति कै कारण आज हुलमुल समेत भएकोले कोभिड संक्रमणको महामारी फैलिए स्वयम् जिम्मेवार हुने स्थानीयहरु बताउँछ । सत्यनारायण प्रजापतिले उक्त स्थानमा रहेको किता नं ५१५ र ५४१ क्षे.फ. ०–१–१–२ भएको पुरानो घर भत्काई नगरपालिकामा नक्सापास गरी नक्सा भन्दा अदलबदल गरी चोक मिच्ने गरी खुड्कीला बनाउन लाग्दा अघिल्लो दिन नबनाउन अनुरोध गर्न गएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो । उक्त अनुरोधलाई अटेर गरेकोले मिति २०७८ जेठ १८ गते एका बिहान नगरपालिकाका वडा निरिक्षकहरु, ड्राइभर र हेल्परकर्मचारीहरु समेत गई खुड्कीला भत्काई त्यहा“ रहेको ढुड्डा समेत जफत गरेको वडा नं ८ का निरिक्षक आशराम सुवालले बताउनु भयो ।