महिनावारी हुँदा मैले प्याडमा धेरै खर्च गरे, अव त्यो पैसा बचत गर्छु


जेठ १७, २०७८, सोमबार | विहान ०६:३० बजे | 30


नारी तिमी योग्य छौ, आफुभित्रै एउटा संसार सृजना गर भन्दै कवि शिवानी बज्राचार्यको कवितासंगै मे २८ मर्यादित महिनावारी स्वच्छता दिवश सडकमा व्यवसाय गर्ने, सरसफाई क्षेत्र र अनौपचारीक क्षेत्रमा कार्यरत महिलाहरुलाई प्रोत्साहन गर्न र व्यवहारीक तथा जीवन उपयोगी सिप सिकाउने उद्देश्यका साथ महिनावारीको बेलामा प्रयोग हुने कपडाको प्याड तयारी सम्बन्धि तालिम कार्यक्रम गुथि, नेपाल महिला समाज, सयुक्त सफाई जागरण बचत तथा ऋण सहकारी संस्था लि. ईको सिष्ट, हर्टविट, नेपाल रेडक्रस युथ सर्कल त्रिचन्द्र, एरोसान र रोट्रयाक्ट क्लब पाटन वेस्टको सहकार्यमा अन्लाईन मार्फत सम्पन्न गरियो ।
कार्यक्रममा बोल्नु हुँदै किर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्काले किर्तिपुर नगरपालिकामा रहेका विद्यालयहरुमा निःशुल्क प्याड वितरण गर्दै आएको कुरा बताए । उहाँले आफु सानो हुँदा महिनावारी सम्बन्धि ज्ञान नभएको र प्याडको अभावमा विद्यालय जान नपाएको तितो अनुभव साझा गर्नु हुँदै महिनावारीको बारेमा महिला र पुरुष दुवैले खुलेरै आवाज उठाउन जरुरी भैसकेको बताए ।
“दुर्गम स्थानहरुमा महिलाहरु महिनावारी हुँदा आज पनि छाउगोठमा बस्न बाध्य छन् भने शहरमा पनि महिनावारीलाई घिन, लाज, सरम र धर्मसँग जोडेर महिलाहरुलाई पछाडि पार्ने र अपहेलित गरी महिनावारीलाई समस्याको रुपमा लिने गरेको छ । ५ वर्ष अगाडि नै खानेपानी मन्त्रालयले बनाएको महिनावारी सम्बन्धि निति आजसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन” नेपाल सरकारका पूर्व सह–सचिव तथा खानेपानी तथा सरसफाईका विशेषज्ञ राजन पाण्डेले भने । ‘‘राज्यले हरेक समय स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन सम्भव नभएकोले आजको यस कपडाको प्याड बनाउने तालिम देशव्यापी पु¥याउन सकेमा सम्पूर्ण महिलाहरुको पहुँचमा सुरक्षित प्याड हुने थियो’’ उनले भने ।
‘‘अहिले सम्म केहीथाहानभएर कपडाको प्याड प्रयोग नगरी बजारमा पाईने प्याड प्रयोग गरेर मैले कमाईको धेरै पैसा खर्च गरे । अब योतालिमपश्चात प्याडमा हुने खर्च बचत गर्छु र कपडाको प्याड आफैले बनाई आफुपनिप्रयोग गर्छु अनिआफन्तलाई पनीप्रयोग गर्न लगाउँछु ।’’ एरोसानका सार्वजनिकशौचालय सफाईकर्मी अमिसा देउलाले भनिन् ।
‘‘विश्वभर आजको दिन मे २८ लाई इट इज टाइम फर एक्सन नाराका साथ मनाईरहेको अवस्थामा नेपालमाआजमर्यादितमहिनावारीको लागिशिक्षाभन्ने नाराका साथविभिन्नकार्यक्रमहरु भईरहेको अवस्थामा कपडाको प्याड बनाउने तालिम संचालन गरि गुथिले यीदुवै नारालाई न्याय गरेको छ ।’’ इमेज च्यानलकावरिष्ठ पत्रकार जगदिश खरेलले बताउनुभयो । आजमहिनावारी दिवसको दिनहातैले बनेको कपडाको प्याड श्रीमतीलाई उपहारको रुपमादिई महिनावारीमाउसको साथ दिन्छु । उनले भने ।
कार्यक्रममाबोल्नु हुँदै कार्यक्रमका सहभागि स्मृतीशर्माले ‘‘आफ्नो श्रीमान्ले आफु र आफ्नी छोरीलाई महिनावारी सम्बन्धिअन्धविश्वास र कुरीतीको सिकार कहिल्यै हुननदिएको भन्दै सवै महिलाकाबुवा, दाई र श्रीमानले महिनावारीमा साथदिनु हुन अनुरोध गरे ।’’ साथै उहाँले यस कार्यक्रमा सहभागीहुनउनको श्रीमान्ले सुझाव गरेको उनलाई निकै जानकारी मुलक रहेको बताए ।

Comments