समस्यामा परेमा दैनिक ज्याला मजदुरी गर्नेलाई खाद्यान्न सहयोग


जेठ १७, २०७८, सोमबार | विहान ०५:४६ बजे | 35


काठमाडौं । निरन्तर सकेको सहयोग गर्ने सिलसिलामा आज पनि राष्ट्रिय नागरिक बिकास समाजको सक्रियतामा काठमाडौंको तारकेश्वर नगरपालिका वडा न १ साङ्ला लामपिढीस्थित पिपलेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा कोभिड–१९को महामारीको कारण समस्यामा परेमा दैनिकी ज्याला मजदुरी गर्ने र अत्यन्तै आर्थिक स्थिति कमजोर भएकाहरूलाई १ बोरा चामल, दाल, तेल, नुनलगायत खाद्यान्न वडा प्रतिनिधि अच्युतराज कुँवरको प्रमुख अतिथिमा हस्तान्तरण गरियो । यस महान कार्यमा बिशेष सहयोग गर्नुहुने समाजसेवी ओम श्रेष्ठ र  महिला उद्यमी अम्बिका अर्याललाई हार्दिक नमन गरेको छ आयोजक राष्ट्रिय नागरिक बिकास समाजले ।

Comments