स्वास्थ्य उपकरण व्यवस्था गर्न आज रु. ६८ लाख ९७ हजार ३ सय २६।४४ सहयोग प्राप्त


जेठ १७, २०७८, सोमबार | विहान ०१:१४ बजे | 20


भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै आइतबार पनि विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ ।  
यसै क्रममा आजमात्र आर्थिक रु. ६८ लाख ९७ हजार ३ सय २६।४४ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि १६ गतेसम्ममा आर्थिक रु. २ करोड ४७ लाख ११ हजार ७ सय ४८।४४ सहयोग प्राप्त छ ।
आगामी दिनमा भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराउन नपाले अनुरोध गरेको छ ।
कोभिड–१९ (कोरोना भाइरस) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल (कोभिड युनिट) मा आइसोलेसन केन्द्र र एचडीयु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्न यस नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा आज मिति २०७८।२।१६ गते सम्म सहयोग गर्नुहुने विभिन्न व्यक्ति र संघ संस्थाहरुको नाम, ठेगाना र सहयोग रकम तपसिल बमोजिम रहेको छ ।

Comments