भक्तपुर । भक्तपुरमा विहीबार थप ३ पुरुष र १ महिलामा कोरोना संक्रमण भेटिएको छ । योसहित काठमाडौं उपत्यकामा थप ९ संक्रमित फेला परेका हुन् ।  
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङअन्तर्गत बिहीबार अपराह्न प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौंका २ महिला र २ पुरुष, तथा ललितपुरका १ पुरुषमा कोरोना पुष्टि भएको हो । यो पछिल्लो २४ घण्टाको तथ्यांक हो । यस अवधिमा देशभर भने   सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको डा. गौतमले जानकारी दिए । तीमध्ये आजसम्म गरेर २ हजार ६ सय ५० जना भने निको भइसकेका छन् ल।  जसमा २१६ महिला र २ हजार ४३४ पुरुष छन्। त्यस्तै पछिल्लो २४ घण्टामा २ संक्रमित पुरुषको निधन भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

...

All Comments.......


Please Login/Register To Comments