नेपाल हस्तकला महासंघद्धारा अस्पताल र आईसोलेसन सेन्टरलाई पिपिई सेटलगायत स्वास्थ्य सामग्री हस्तान्तरण
जेठ १५, २०७८, शनिबार | विहान ०६:२७ बजे | 60
हाल विकराल रुपले फैलिएको कोभिड १९ को दोस्रो लहरको कारण काठमाडौं उपत्यका लगायत देशभरि संक्रमितको संख्या दिनानुदिन बढदै गएको र यसको प्रत्यक्ष असर अस्पताल तथा स्वास्थ चौकीहरुमा थेग्नै नसकिएको बिरामीहरु र अस्पतालमा बेडहरुको बढ्दो माग, अक्सिजन, भेन्टिलेटर तथा औषधीको विषम अवस्थामा आफ्नो कर्तब्य बोध गरी संक्रमित बिरामीहरुको उपचारार्थ स्वास्थकर्मीहरुको अथक प्रयास तथा योगदानहरु निकै सराहनीय रहेको छ । सोही सन्दर्भमा कोभिड १९ बिरामीहरुको उपचारार्थ स्वास्थकर्मीहरुको लागि निरन्तर रुपमा चाहिने स्वास्थ साम्रगीहरु त्यस अस्पतालमा कार्यरत स्वास्थकर्मीहरुलाई कोभिड संक्रमित बिरामीहरुलाई उपचारको क्रममा उपयोगि हुने आशाका साथ नेपाल हस्तकला महासंघले सामाजिक उत्तरदायित्वको भावनाबाट जेठ १२ गते बुधबार परोपकार प्रसुति तथा स्त्रीरोग अस्तपाल, शुक्रराज टपिकल तथा सरुवारोग अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठान (पाटन अस्पताल) लाई व्यतिmगत सुरक्षा (पिपिई) सेट लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
महासंघद्धारा व्यतिmगत सुरक्षा (पिपिई) सेट लगायत फुट कभर, ग्लोभ्स,सर्जिकल मास्क, फेस शिल्ड रसेनिटाईजरमहासंघका अध्यक्ष श्री सुरेन्दभाई शाक्य, वरिष्ठ उपाध्यक्ष श्री प्रचण्ड शाक्य लगायत कार्यसमिति सदस्य श्री जीवन शाक्य, सबिता सिं, राजेन्द्र शाक्य, विक्रम सिं महर्जनबाट परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालकी प्रशासकीय अधिकृतश्रीरानु थापालाई, शुक्रराज टकपिकल तथा सरुवारोग अस्पतालका श्री सागर राजभन्धारी र पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानका निर्देक्षक श्री रवि शाक्यलाई हस्तान्तरण गरेको हो । साथै महासंघले ललितपुर महानगरपालिकाका प्रमुख श्री चिरीबाबु महर्जन रलुम्बिनी प्रदेश मुख्य मन्त्री कार्यालयमा पनि व्यतिmगत सुरक्षा (पिपिई) सेट लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो भने क्षेत्रपाटि निशुल्क चिकित्सालय र ललितपुर स्थित च्यासल, नागबहाल, पुल्चोकको अक्षेश्वरमहाविहार लगायत चाकुपाट १२ वडामा रहेका आइसोलेसन सेन्टरहरुमा पनि विभिन्न स्वास्थ्य सामग्री दिई सहयोग गरिएको थियो । महासंघद्धारा जम्मा १००० थान फुट कभर, १८० बक्स ग्लोभ्स, १०००० पिस सर्जिकल मास्क, २०० पिस ल्ढछमास्क, १००० थान फेस शिल्ड, १०० थान पिपिई सेटर ४० जार सेनिटाईजर स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।